अमेरिकाको डिसी महानगर क्षेत्रमा आगामी अक्टोबर ५ शनिबारका दिन आयोजना हुने दशैं तिहार महोत्सव २०२४ मा नेपालका लोकप्रिय, सर्वाधिक मन पराइने मध्ये कै कलाकारहरु क्रमस प्रमोद खरेल, अन्जु पन्त ,निमा रुम्बा ,मिलन नेवार लगायतको बेजोड प्रस्तुती हुने भएको छ ।
साँझ हुने सांस्कृतिक कार्यक्रममा नेपालका स्थापित तथा अत्यन्तै व्यस्त कलाकारहरुले भरपूर मनोरंजन दिलाउने भएका छन् । यस्ता ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति हेर्न १५ डलरको मात्र टिकट राखिएको छ ।
तर बिशेष स्थान र कुर्सीमा बसेर हेर्न इच्छा गर्ने दर्शकहरुको लागि १०० डलरको टिकट समेत व्यवस्था मिलाईएको छ । साथै १०० डलरको टिकट खरिद गर्नेले कलाकारहरुसंग भेटघाट गर्न समेत पाउने आयोजकले बताएका छन् ।
साथै पहिलो पटक प्रत्यक्ष (लाइभ)दोहोरीको समेत प्रस्तुति हुने छ ।
गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको महोत्सव यस बर्ष आगामी अक्टोबर ५ शनिबारका दिन हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइने भएको छ ।
यो बर्ष समेत यो महोत्सव तेश्रो संस्करण हो । यस बर्ष पनि उक्त महोत्सव प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स मनासस आयोजना हुनेछ। गत बर्ष ४,५०० जना मानिसहरुको प्रभावकारी उपस्थिति रहेको थियो भने २०२४ मा पनि अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा सम्झनलायक नेपाली भेला बनाउने आयोजकले संकल्प गरेका छन् ।
उक्त महोत्सवमा प्रवेश गर्न १५ डलर तथा बिशेष टिकट(भिआईपि)को लागि १०० डलर राखिएको छ । स्मरण रहोस ,उक्त टिकट खरिद गरे पछि त्यसैले राती १० बजे सम्म मनोरंजन लिन सकिने छ ।
त्यहा आफूले इच्छा गरे अनुसार खानेकुरा खरिद गरि खान पाइने छ । डिटीफेस्ट २०२४ अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलाको जीवन्त उत्सव हो। गत बर्ष पनि सफलतापूर्वक दशैँ तिहार मेला सम्पन्न गर्न सफल भएको आयोजक ३-ई इन्टरटेन्टमेन्ट रहेको छ ।
यस बर्ष महोत्सवमा रंगीन चङ्गा महोत्सव, प्रेरणादायी कला प्रदर्शनीहरू, विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनका परिकार , हस्तकला, कपडा बिक्रि वितरण लगायत बिगत झैँ स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने छ ।
कार्यक्रमको बिस्तृत जानकारी यस प्रकार छ :
मिति: ५ अक्टोबर २०२४
समय: दिउँसो १२ बजे देखि राति १० बजे सम्म
स्थान: प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, 10624 डमफ्रिज रोड, मनासस, VA 20112
थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest.comमा थिच्नु होला ।
प्रतिक्रिया