भर्जिनिया निवासी राम अधिकारीको कविता संग्रह ” सपना र छायाहरु” प्रकाशित हुने

इनेप्लिज २०८१ असोज १६ गते २:२५ मा प्रकाशित

लामो समयदेखि भर्जिनियामा बसोबास गर्दै आएका राम अधिकारीको कविता संग्रह ” सपना र छायाहरु” प्रकाशन हुन लागेको हो। शब्द मिडिया लिमिटेडले प्रकाशन गर्न लागेको उक्त संग्रह यही दशैं/तिहारको समय पारेर प्रकाशन गर्न लागिएको हो ।तीसवटा कविताहरु समाबेस उक्त संग्रहमा देशप्रेम, डायस्पोरा, मानवीय सम्बेदना र प्रेमका कविताहरु समेटिएका छन् ।

प्रकाशन हुने कविता संग्रहको लोकार्पणको जानकारी पछि उपलब्ध गराईने भएको छ। उक्त कविता संग्रह अनलाइन प्लाटफर्मबाट पनि उपलब्ध गराईने भएको छ। यसको बिस्तृत जानकारी प्रकाशनपछि उपलब्ध गराईने भएको छ ।

प्रतिक्रिया