अध्यावधिक गरिएको : अमेरिकामा समुन्द्री आँधी हेलिनबाट मृत्यु हुनेको कूल संख्या १६२ पुगेको छ ।
समुन्द्री आंधी हेलिनबाट कम्तिमा १६२ जनाको ज्यान गएको सिएनएनले जनाएको छ । समाचारका अनुसार नर्थ क्यारोलाइनाको बनकोम्बे काउन्टीमा मात्र ७३ जनाको मृत्यु भएको छ । यो आँधीबाट सबैभन्दा बढी प्रभावित राज्यहरू मध्ये एक हो।
अझै पनि लाखौ लाख मानिसहरुका घरमा बिद्युत बिच्छेद भएको छ । नर्थ क्यारोलाइनामा अझै १ लाख मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।
फ्लोरिडाको बिग बेन्ड क्षेत्रमा गत बिहीबार राति आएको यो समुन्द्री आँधी खतरनाक श्रेणी ४ को रूपमा जमिनमा पुगेको थियो । बिग बेन्ड क्षेत्रमा विगत १३ महिनामा हेलिन तेस्रो समुन्द्री आँधी हो ।
अमेरिकाको सबै भन्दा ज्यादा प्रभावित क्षेत्रहरुमा क्रमस फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना , साउथ क्यारोलाइना ,टेनेसी र भर्जिनिया रहेका छन् । सिएनएनले अध्यावधिक गरेको समाचार अनुसार नर्थ क्यारोलाइनामा ७३ जना , साउथ क्यारोलाइनामा ३६ जना ,जर्जियामा २५ जना ,फ्लोरिडामा १७ जना ,टेनेसीमा ९ जना र भर्जिनियामा २ जनाको मृत्यु भएको छ ।
टेनेसी राज्यमा अझै ८५ जना बेपत्ता भएका छन् । बाइडेनका गृह मन्त्रालयका सुरक्षा सल्लाहकार, लिज शेरवुड-रान्डलले सोमबार पत्रकारहरूलाई यस क्षेत्रमा ३,५०० संघीय प्रतिक्रियाकर्मीहरू तैनाथ गरिएको र शहरी खोज र उद्धारकर्मीहरूको संख्या आगामी दिनहरूमा १,२५० सम्म पुग्ने बताए।
यसै गरि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार दिउँसो फ्लोरिडा-जर्जिया राज्यको भ्रमण गरे। नर्थ क्यारोलाइनाको आश्भिलला लगभग ६०० जना अझै बेपत्ता भएका छन् ।
राष्ट्रिय मौसम सेवाका अनुसार ग्रामीण उत्तरपश्चिमी नर्थ क्यारोलाइना क्षेत्रमा अहिलेसम्म ३०.७८ इन्च सबैभन्दा बढी वर्षा भएको छ।
राष्ट्रपति जो बाइडेनले जर्जिया राज्यको लागि संघीय प्रकोप घोषणालाई अनुमोदन गरेका छन् । बाइडेनले पहिले फ्लोरिडा, नर्थ क्यारोलाइना र साउथ क्यारोलाइना लागि समुन्द्री आँधी हेलिनबाट हुने विनाशलाई सहयोग पुर्याउ प्रकोप घोषणाहरू स्वीकृत गरिसकेका छन्।
प्रतिक्रिया