डेढ दशक भन्दा अगाडी देखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी चित्रकला प्रतियोगिता प्रथम भएका छन् ।
काठमाडौँ जावलाखेल घर भै भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले बिगतमा पनि थुप्रै पुरस्कारहरु हात पारेका छन ।
उनले ४० जना छनौट भएका बिदेशीहरु कलाकारहरुलाई समेत पछि पार्दै भर्जिनियाको फलोएड काउन्टीमा आयोजना गरेको चित्रकला प्रतियोगितामा उनले बाजी मारेका छन् । उनि उक्त प्रतियोगितामा भाग लिने एकल नेपाली मूलका हुन् ।
भर्जिनियाको फ्लोएड काउन्टीद्वारा आयोजना गरिएको प्रतियोगितामा उनले जलरङ्ग प्रयोग गर्दै अन्य ३९ जनालाई पछि बनाउदै आफू प्रथम भएका छन् ।
खुला दृश्य चित्र चित्रकला प्रतियोगितामा अन्य कलाकारहरुले तेलरङ्ग प्रयोग गरेता पनि उनले जलरंग र दृश्यलाई प्रत्यक्ष रुपमा चित्र बनाएका थिए । केसीका अनुसार अन्य कलाकारहरु ज्यादा तेलरंग पनि बनाउने गरेको बताए । यो प्रतियोगितामा निर्णायक मण्डल(जुरी)द्वारा गरिएको छनौटमा उनि प्रथम हुन् सकेका हुन् ।
उनि प्रथम भए संगै उनको तस्बिर सहित त्यहाँ कै चर्चित प्लेन एयर म्यागजिन(पत्रिका)मा प्रकाशित हुने भएको छ । बिश्वब्यापीरुपमा उनले नेपाल र नेपालीको पहिचान गराउन सफल हुनेछन् । प्रथम भए पछि स्वत रुपमा उक्त पत्रिकामा प्रकाशित हुने गर्दछ । पत्रिकाको अग्रभागमा नभई पत्रिकाको बीचको कुनै भागमा केसीको कला र कलाकारिता बारेमा प्रकाशित हुनेछ ।
त्यसै गरि गत सेप्टेम्बर १४ का दिन सफक काउन्टी भर्जिनियामा भएको प्रतियोगितामा तृतीय भएका थिए । उक्त प्रतियोगितामा द्रुत गतिको एक दिने चित्रकला प्रतियोगतामा द्वितीय तर समग्रमा मुख्य प्रतियोगितामा (मेन इभेन्ट्स)मा तृतीय भएका थिए । साथै उनले बनाएका केही चित्रहरु बिक्री भएका छन् ।
उनि हाल भर्जिनियाको ग्रेट फल्स र फल्स चर्च शहरहरुमा चित्रकला (आर्ट्स )सिकाउदछन । सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l
प्रतिक्रिया