भर्जिनियाको बाल अस्पतालमा चिकित्सकद्वारा ३ जना महिलालाई यौन दुर्व्यवहार गरेकोमा निर्णायक मण्डलद्वारा ३० करोड डलर पुरस्कार दिने

इनेप्लिज २०८१ असोज १३ गते १६:०४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको एक बाल अस्पतालमा चिकित्सकले ३ जना महिलालाई यौन दुर्व्यवहार गरेकोमा निर्णायक मण्डल(जुरी)ले उनीहरुलाई ३०० मिलियन अर्थात् ३० करोड डलर पुरस्कार दिने फैसला सुनाएको छ ।

बाल अस्पतालमा बिरामी हुँदा यौन दुर्व्यवहार भएको उनीहरुको आरोप छ ।

भर्जिनियाको बाल अस्पतालमा बिरामी हुँदा यौन दुर्व्यवहार भएको आरोप लगाउने तीन महिलाहरुको पक्षमा एक निर्णायक मण्डल(जुरी)ले उनीहरूलाई कुल ३० करोड डलर क्षतिपूर्ति दिने फैसला गरेको छ ।

शुक्रबार रिचमण्ड सर्किट अदालतको निर्णायकले प्रत्येक महिलालाई ६० मिलियन क्षतिपूर्ति र ४० मिलियन डलर दण्डात्मक क्षतिपूर्ति दिने भएको एबिसीन्यूजले जनाएको छ ।

कुल ४६ पूर्व बिरामीहरूले न्यू केन्टको कम्बरल्याण्ड हस्पिटल फर चिल्ड्रेन एण्ड एडोलेसेन्ट्समा लामो समयदेखि काम गर्दै आएका चिकित्सा निर्देशक ड्यानिएल डेभिडोलाई मुद्धा हालेका थिए । तर प्रथम सुनुवाईमा ३ जना महिलाहरुले जाँच गर्ने क्रममा उनीहरुलाई अनुपयुक्त रूपमा छोएकोआरोप लगाएका थिए ।

डेभिडोका वकिल, बब डोनेलीले सुरुवाती बयानको क्रममा निर्णायकलाई भने डेभिडोले यौन दुर्व्यवहारको आरोपलाई “स्पष्ट रूपमा अस्वीकार” गरेको बताए । डोनेलीले डेभिडोद्वारा सञ्चालन गरेको फेमोरल पल्स परीक्षा १९६० र १९७० को दशकको हो र यो “मानक परीक्षा” भएको बताए।

डेभिडोलाई गत अप्रिलमा आपराधिक मुद्दा पछि दुई अन्य पूर्व बिरामीहरू विरुद्धको अपराधिक यौन दुर्व्यवहारको आरोपबाट मुक्त गरिएको थियो।

अर्को देवानी सुनुवाई (सिभिल ट्रायल ) मार्चमा तय गरिएको छ।

के हो फेमोरल पल्स परीक्षा ?

फेमोरल पल्स (नाडी)परीक्षा एक प्रक्रिया हो जसले खुट्टामा फेमोरल धमनीलाई स्पन्दन गरेर खुट्टामा रक्त प्रवाहको मूल्याङ्कन गर्छ।

प्रतिक्रिया