अमेरिकामा आएको समुन्द्री आँधी हेलिनबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । अमेरिकाको नर्थ क्यारोलाइनामा मात्र ४०० वटा सडक अबरुद्ध भएका छन् भने २०० जनाको कम्तिमा उद्धार गरिएको छ ।
एनबिसीवाशिंगटन समाचारका अनुसार ५ वटा राज्यमा कम्तिमा ६४ भन्दा ज्यादा मानिसहरुको मृत्यु भएको छ । अमेरिकाको साउथ क्यारोलाइना, जर्जिया, फ्लोरिडा, नर्थ क्यारोलाइना र भर्जिनिया राज्यमा कम्तिमा ६४ जनाको ज्यान गएको छ ।
नर्थ क्यारोलाइना बाढीको पानीबाट २०० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको गभर्नर रोय कुपरले शनिबार बताए । अझै पनि बनकम्ब काउन्टीमा ६० भन्दा बढी व्यक्तिहरू बेपत्ता भएका छन् । उक्त काउन्टीमा १५० भन्दा बढी खोजी र उद्धार कार्यहरू चलिरहेको छ ।
हेलिन पछि पश्चिमी नर्थ क्यारोलाइन लगभग ४०० सडक र दर्जनौं राजमार्गहरू बन्द भएको यातायात विभागले शनिबार बिहान बताएको छ ।
प्रतिक्रिया