सिरियामा अमेरिकी हवाई आक्रमणमा चरमपन्थी समूहसँग सम्बद्ध ३७ जना लडाकू मारिए

इनेप्लिज २०८१ असोज १३ गते १२:०५ मा प्रकाशित

अमेरिकी सेनाले सिरियामा चरमपन्थी इस्लामिक स्टेट समूह(आइएसएस) तथा अलकायदासँग सम्बद्ध समूहसँग सम्बद्ध ३७ लडाकू दुई हमलामा मारिएको जनाएको छ।

मृतक मध्ये दुई जना वरिष्ठ लडाकु रहेको बताइएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डले मंगलबार उत्तरपश्चिमी सिरियामा अल-कायदासँग सम्बन्धित हुर्रास अल-दीन समूहका एक वरिष्ठ लडाकू र अन्य आठ जनालाई निशाना बनाएर आक्रमण गरेको बताएको छ। उनीहरु सैन्य गतिबिधि संचालनहरूको निरीक्षणको लागि जिम्मेवार भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकी सेनाले गत सेप्टेम्बर १६ मा पनि यस महिनाको सुरुदेखि नै एक आक्रमणको घोषणा गरेका थिए । मध्य सिरियाको दुर्गम अज्ञात स्थानमा रहेको आइएस प्रशिक्षण शिविरमा “ठूलो मात्रामा हवाई आक्रमण” गरेका थिए। त्यो आक्रमणमा “कम्तीमा चार सिरियाली नेताहरू” सहित २८ जना लडाकूहरु मारिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “हवाई आक्रमणले आईएसआईएसको अमेरिकी हितका साथै हाम्रा सहयोगी र साझेदारहरू विरुद्ध सञ्चालन गर्ने क्षमतामा बाधा पुर्‍याउनेछ।”

सिरियामा लगभग ९०० अमेरिकी सेनाहरू छन्। अमेरिकी सेनाहरूले उत्तरपूर्वी सिरियामा आफ्ना प्रमुख सहयोगीहरूलाई सहयोग गरि रहेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया