अमेरिकाद्वारा ट्रम्पको चुनावी अभियानलाई निशाना बनाउने तीन इरानी ह्याकर(अनधिकृत प्रवेशक) माथि आरोप

इनेप्लिज २०८१ असोज १२ गते १२:४० मा प्रकाशित

अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई निशाना बनाउने तीन इरानी ह्याकर(अनधिकृत प्रवेशक)माथि आरोप लगाएको छ ।

संघीय अभियोजकहरूले तीन इरानी अनधिकृत प्रवेशकहरूलाई “विस्तृत” द्वेषपूर्ण साइबर(साङ्गणिक ) योजनाको एक भागको रूपमा ट्रम्पको राष्ट्रपति अभियानका सदस्यहरूलाई कथित रूपमा लक्षित गरेको आरोप लगाएको छ।

मसुद जलिली, सय्यद अली अघामिरी र यासर बालाघीलाई अभियोग चलाईएको जनाएको छ । तीन जना प्रतिवादीहरू इरानको इस्लामिक रिभोलुसनरी गार्ड का सदस्य हुन्। अभियोजकहरूका अनुसार उनीहरूले “व्यापक संजाल आक्रमणको अभियान चलाएको वताएका छन् ।

उनीहरुले वर्तमान र पूर्व अमेरिकी सरकारी अधिकारीहरू, संचार माध्यमका सदस्यहरू, गैरसरकारी संस्थाहरू, र अमेरिकी राजनीतिक अभियानहरूसँग सम्बन्धित व्यक्तिहरूको खातालाई लक्षित गर्न अनेक जुक्तिहरु प्रयोग गरेका थिए ।

३७ पृष्ठको अभियोगमा वाशिंगटन डिसीका एक ग्रान्ड जूरी (बृहत निर्णायक मण्डल) द्वारा हस्तान्तरण गरिएको छ । उक्त आरोपहरुमा ३ पुरुषहरुलाई बिधुतिय (तार )धोखाधडी, पहिचान चोरी, आतंकवादी संगठनलाई सामग्री सहयोग प्रदान गर्ने षड्यन्त्र र अनधिकृत प्रवेश (ह्याकिङ षड्यन्त्र) सहित १८ वटा गणनाहरुको आरोप लगाइएको छ।

अमेरिकी विदेश विभागले तुरुन्तै तीन प्रतिवादीहरूको बारेमा जानकारीको लागि १० मिलियन डलर(१ करोड डलर) को इनाम प्रस्ताव गरेको छ । साथै अर्थ विभागले इरानी ह्याकिंग(घुसपैठ) प्रयासमा संलग्न सात व्यक्तिहरूलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू समेत खुलासा गरेको छ ।

प्रतिक्रिया