भर्जिनियाको फेयरफ्याक्स काउन्टीका एक प्रहरी सहायकलाई हातकडी लगाएको व्यक्तिलाई मुक्का हानेपछि बर्खास्त

इनेप्लिज २०८१ असोज १० गते २३:५४ मा प्रकाशित

भर्जिनियाको फेयरफ्याक्स काउन्टीका एक प्रहरी सहायकलाई हातकडी लगाएको व्यक्तिलाई मुक्का हानेपछि बर्खास्त गरिएको छ । श्रब्यदृश्य (भिडियो) प्रहरी सहायक जोशुआ सिल्भरले मानिसको अनुहारमा तीन पटक मुक्का हाने पछि उनको जागिर गएको हो । सिल्भरमाथि आक्रमणको आरोप लगाइएको छ।

केही महिना भित्र दोस्रो पटक फेयरफ्याक्स काउन्टी शेरिफको सहायकलाई हिरासतमा रहेको व्यक्तिलाई आक्रमण गरेको आरोपमा बर्खास्त गरिएको हो ।

सबैभन्दा पछिल्लो घटना यस महिना अगाडीको सुरुमा भएको थियो। हवल्दार सिल्भरले हथकडी लगाएको व्यक्तिलाई क्रूजर गाडी भित्र बारम्बार मुक्का हानेको देखिएकोले उनलाई हटाईएको छ ।

फेयरफ्याक्स काउन्टी शेरिफको कार्यालयले मंगलबार जारी गरेको श्रब्यदृश्य (भिडियो)मा निकोलस मार्कोस नामक व्यक्तिलाई उनले कुटेका थिए ।

फेयरफ्याक्स काउन्टीका एक प्रहरी अधिकारीलाई कुटपिट गरेको आरोपमा सेप्टेम्बर ११ मा ३२ वर्षीय युवकलाई पक्राउ गरिएको थियो। मार्कोसले प्रहरीलाई सहयोग नगरेको देखाइएको छ । शेरिफका सहायकले उक्त व्यक्तिलाई गाडीमा ल्याउने प्रयास गरिरहेका थिए ।

गाडीभित्रको चित्रग्राहिणी (क्यामेरा)ले अभिलेखन (रेकर्ड )गरेको र करिब एक घण्टासम्म चलेको उक्त श्रब्य दृश्य (भिडियो)मा मार्कोसलाई हथकडी लगाएर बारम्बार कुटेको देखाइएको छ। श्रब्यदृश्यमा फेयरफ्याक्स काउन्टी वयस्क कारागारमा मार्कोसले प्रहरीहरुले सोधेको कुरा गर्न अस्वीकार गरेको देखाउँदछ।

श्रब्यदृश्यमा सिल्भरले मार्कोसलाई गाडीबाट बाहिर निकाल्नु अघि अनुहारमा तीन पटक मुक्का हानेको देखिन्छ। त्यसपछि श्रब्यदृश्य (भिडियो) समाप्त हुन्छ।

सिल्भर नोभेम्बर ६ मा पहिलो पटक अदालतमा उपस्थित हुन तयार रहेका छन् । मार्कोस जमानतमा रिहा भएका छन्।

गत मे महिनामा, प्रहरीले पूर्व प्रहरी सहायक शेरिफ निकोलस भास्जिललाई गत जनवरीमा कारागारमा एक कैदीलाई आक्रमण गरेको आरोप लगाएको थियो।

एनबिसीवाशिंगटन (न्यूज४ )का अनुसार भास्जिललाई शेरिफको कार्यालयबाट बर्खास्त गरिएको थियो । तर अदालतको अभिलेखले अहिले फेयरफ्याक्स काउन्टीमा राष्ट्र्मंडल (कमनवेल्थ)का वकिलले भास्जिल विरुद्धको आरोप खारेज गरेको देखाउँछ।

प्रतिक्रिया