साहित्य सर्जक पार्वती घिमिरे पौडेलकाे “काटाैँ दाउरा घाँस” गीतको म्युजिक भिडियो यही भाद्र ३० गते सार्वजनिक भएको छ । नुवाकाेट जिल्ला पञ्चकन्या गाउँपालिका २ कविलास निवासी पार्वती घिमिरे पाैडेलले स्थानिय मठ मन्दिर र पर्यटकीय स्थानहरूकाे वर्णन गर्दै तयार पारेकाे लाेकगीतमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीले स्वर दिनु भएकाे भने डा.के.पि.पाैडेल, रितु बस्नेत, पार्वती घिमिरे पाैडेल लगायत स्थानिय वासिन्दा तथा केही साहित्यकारहरूकाे समेत अभिनय रहेकाे छ । उक्त भिडियाे गीतकार स्वयंको यु ट्युब च्यानल “पार्वती घिमिरे पाैडेल” बाट सार्वजनिक गरिएको हाे ।
सर्जक पाैडेलले स्थानिय परिवेशलाई शब्द मार्फत हुवहु चित्रण गर्ने प्रयास गर्नुकाे साथै सुन्दर गाउँ कविसामा नै छायाङ्कन गरिएकाे याे लाेकगीतले नुवाकाेट कविलासकाे परिचय उजागर गर्नुकाे साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने बताउनु भएकाे छ । साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने पाैडेलले यही गीत मार्फत सङ्गीत क्षेत्रमा डेब्यू गर्नु भएकाे हाे ।
गीत हेर्नकाे लागि तलकाे लिंकमा थिच्नुहाेस् :-
प्रतिक्रिया