न्यूयोर्क शहरका नगर प्रमुख एडम्सलाई संघीय अनुसन्धान पछि अभियोग

इनेप्लिज २०८१ असोज १० गते १४:१० मा प्रकाशित

न्यूयोर्क शहरका नगर प्रमुख (मेयर )एरिक एडम्सलाई संघीय अनुसन्धान पछि अभियोग लगाइएको सीबीएस न्यूज न्यूयोर्कले बताएको छ ।

तर श्रोत खुलाएको छैन । उनले आरोपहरू सामना गर्ने छन् या छैनन भन्ने अझै स्पष्ट नभै सकेको समेत समाचारमा उल्लेख गरिएको छ ।

यद्यपि उनलाई अभियोग लागेमा न्यूयोर्क शहरको इतिहासमा अभियोग लाग्ने पहिलो वर्तमान नगर प्रमुख हुने छन् ।

एडम्सले यस्को जवाफ दिएका छन् । उनले वकिल मार्फत पठाइएको एक श्रब्यदृश्य (भिडियो )सन्देशमा एडम्सले बुधबार राति अभियोगको जवाफ दिएका हुन।

मेरा न्यु योर्कवासीहरू साथीहरु , संघीय सरकारले मलाई अपराधको आरोप लगाउन चाहन्छ। यदि त्यसो हो भने यी आरोपहरू पूर्णतया झूटा हुनेछन्, झूटमा आधारित हुनेछन्।

महिनौंदेखि, मेरो विश्वसनीयतालाई कमजोर पार्ने र मलाई दोषीको रूपमा चित्रण गर्ने प्रयासमा गरिएको छ। गत हप्ता मात्र उनीहरूले हाम्रो नयाँ प्रहरी आयुक्तको घर खोजे र यसको बिरुद्ध र अन्यायहरू बिरुद्ध लड्ने छु ,उनले उक्त श्रब्यदृश्यमा भनेका छन् ।

यदि मलाई आरोप लगाइयो भने, मलाई थाहा छ म निर्दोष छु। म तुरुन्त सुनुवाईको लागि अनुरोध गर्नेछु ताकि न्यु योर्कवासीहरूले सत्य सुन्न सकून्। न्यु योर्कवासीहरूलाई मेरो कथा थाहा छ। उनीहरूलाई थाहा छ म कहाँबाट आएको छु। म मेरो जीवनभर अन्यायसँग लडिरहेको छु।

अब, यदि ममाथि आरोप लगाइयो भने, धेरैले मैले मुद्दा लड्दा शहरको व्यवस्थापन गर्न नसक्नेले राजीनामा दिनुपर्छ भन्न सक्छन्। तर म यी झूटहरूको सामना गर्ने छु ।

प्रतिक्रिया