अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ८ वटा माग सहित पानस अमेरिकाले ज्ञापन पत्र बुझाएको छ । संबैधानिक राजतन्त्र ,क्यालिफोर्निया,ड्यालस सहितमा कन्सुलेट अफिस लगायत मागहरु हस्तान्तरण गरिएको छ ।
नेपालमा सम्वैधानिक राजसंस्था, वैदिक सनातन सहितको हिन्दु राष्ट्र, क्यालिफोर्निया र टेक्सस ड्यालसमा Consulate Office( बाणिज्यदुतावास) स्थापना साथै विभिन्न ८ वटा माग सहित सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको तर्फबाट महासचिव डा. शंकर बिसुन्केले ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रको पूर्ण पाठ जस्ताको त्यस्तै :
श्री सम्माननीय प्रधानमन्त्री ज्यू
नेपाल सरकार,
टुरमुकाम न्यूवर्क, अमेरिका
विषय : सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू
——————————————————लाई प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको
——————————————————-
तर्फबाट बुझाइएको ज्ञापनपत्र ।
—————————
सम्माननीय प्रधानमन्त्री ज्यू ।
———————————-
नेपालको तर्फबाट प्रधानमन्त्रीको हैसियतमा संयुक्तराष्ट्र संघमा उपस्थित भई सम्बोधन गर्ने कुराले हामी प्रवासमा रहेका नेपालीहरुलाई गर्वको अनुभति भएको छ।
सम्माननीय प्रधानमन्त्री ज्यूबाट अमेरिकाको न्यूयोर्क स्थित विश्व प्रसिद्ध कोलम्बस विश्वविद्यालय र वोष्टन स्थित हार्डवड विश्व विद्यालयमा हुने सम्बोधनले नेपाल र नेपालीलाई विश्वसामु चिनाउन र नेपालको अन्तराष्ट्रिय छवि उठाउन सफलता समेत मिलोस भनि पानस अमेरिका शुभकामना व्यक्त गर्दछ।
सम्माननीय प्रधानमन्त्री ज्यू ।
हामी प्रवासमा रहेका नेपालीहरु भौगोलिक हिसावले टाडा भएपनि “एकपटकको नेपाली संधैको नेपाली” भन्ने भावनाबाट प्रेरित छौ। तसर्थ प्रवास मा रहेका हामी नेपालीहरुका तपसिलका समस्याहरू प्रति नेपाल सरकारको गम्भिर ध्यान आकर्षण गराउन चाहान्छौ।
१) अमेरिका एउटा देश मात्र होईन महादेश समेत हो।भौगोलिक हिसावले विशाल रअत्यन्तै विकसित अनि महाशक्तिशाली राष्ट्रभएकाले सबैराज्यमा नेपालीहरुको वाक्लो उपस्थितरहेको छ। तसर्थ एउटा राजदुतावासबाट गर्नु पर्ने काममा हजारौ माईल टाडाबाट उपस्थित हुन कठिन भएको छ। तसर्थ टेक्सस र लसएन्जलसमा वाणिज्य दुतावास स्थापनाकोलागि माग गर्दछौ।
२) नेपाल सरकारवाट हालै जारी गरिएको एनआरएन नागरिकतालाई नेपालको आर्थिक विकासमा योगदान पुऱ्याउन र भोटिङ राईट्स समेत उपलब्ध गराउन प्रधानमन्त्रीज्यू समक्ष पानस अमेरिका जोडदार माग गर्दछ।
३) एन.आर.एन. नागरिकता लिए पछि नेपालमा बस्दा भिसा लिनुपर्ने व्यवस्था हटाईयोस भन्ने माग गर्दछौं ।
४) नेपाल स्थित एयरपोर्टमा प्रवासमा रहेका नेपालीहरुलाई देश फर्कदा दिईने झन्झटिला प्रक्रियाहरु लाई सरल बनाई सुरक्षितपनि बनाई दिन माग गर्दछौं । साथै, त्यसको लागि छुट्टै डेक्स राखि सेवा प्रदान गरियोस र सुरक्षितपनि बनाई दिन माग गर्दछौं ।
४) जलश्रोत पर्यटन लगायत आधुनिक कृषि क्षेत्रमा र औद्योगिक लगानीमा नेपाल सरकारले बिना धितो रिण उपलब्द गराई प्रवासी नेपालीहरू को लागि व्यवस्थित र सरल कानुन बनाईयोस ।
५) प्रवासमा सिकेको सिपलाई नै धितोको रुपमा स्वकारी नेपालमा लगानी गर्न सहुलियतमा ऋण उपलब्ध गराएर देश फर्किने र देशमै केही गर्न सक्ने वातावरण बनाईयोस भनि माग गर्दछौ ।
६) हाल देशमा वैदेशिक रोजगारीमा जाने बाढी नै जुन चलेको छ त्यसलाई तत्काल रोक्न सम्वोधन नगर्ने हो भने अब को १० वर्ष भित्र मुलुक युवाविहीन हुने अवस्था, कलेजहरुमा विधार्थीविहीन हुने अवस्था, अस्पतालहरु डाक्टर र नर्सहरुविहीन हुने अवस्था, कलकारखानाहरु मजदुरविहीन बन्ने अवस्था, व्यपार व्यवसाय ठप्प हुने अवस्था र वैदेशिक हस्तक्षेप समेत बढ्ने अनि गाउँगाउँ र वस्तीवस्तीहरु खण्डहरमा बद्लीने अवस्था श्रृजना हुने भएकाले देशको वर्तमान अवस्था प्रति हामी प्रवासमा रहेका नेपालीहरु गम्भिर चिन्चित छौं र त्यस तर्फ सरकारको गम्भिर ध्यार्णआकार्षण गर्न चाहन्छौं ।
७. वर्तमान सरकार सम्विधान सम्सोधनको एजेण्डा सहित बनेकोले सम्वैधानिक राजसंस्था र वैदिक सनातान सहितको हिन्दु राष्ट्रको निर्माणमा जनताको जनभावना लाई सम्वोधन गरि सबै पक्षको स्वीकार्य र अपनत्व लिने सम्विधान पुनर्लेखन र देशले धान्नै नसक्ने संघियताको खारेजी तर्फ सम्सोधन गर्न हुन् हार्दिक अनुरोध गर्दछौं ।
अन्तमा, ज्ञापनपत्र बुझ्न समय उपलब्ध गराएकोमा श्री सम्माननीय प्रधानमन्त्री ज्यूमा धन्यवाद र कृतज्ञता व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दछौ।
हार्दिक अनुरोध
———————-
प्रवासी नेपाली एकता समाज (पानस ) अमेरिका ।
मिति-
न्यूयोर्क अमेरिका
प्रतिक्रिया