उपराष्ट्रपति कमला ह्यारिस युवा मतदाताहरूमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा १२ % अंक ले अगाडी रहेकी सिएनएनले जनाएको छ ।
३५ वर्षभन्दा कम उमेरका सम्भावित मतदाताहरूमध्ये ह्यारिसलाई ५२% र ट्रम्पलाई ४०% मत प्राप्त भएको सिएनएनले बताएको छ ।
अझै पनि यस समूहको बीचमा सन् २०२० को तुलनामा कडा प्रतिस्प्रद्धा रहेको छ । २०२० मा राष्ट्रपति जो बाइडेन उही उमेर समूहको बीचमा २१ अंकले अगाडी रहेका थिए ।
यसै गर् महिला सम्भावित मतदाताहरू ३५ वर्ष भन्दा कम उमेरका मतदाताहरू ट्रम्प भन्दा ह्यारिसलाई प्राथमिकता दिएको सर्वेक्षणले देखाएको छ । ह्यारिसको पक्षमा ५३ % र ट्रम्पको पक्षमा ३९ % रहेको सिएनएनले समाचारमा उल्लेख गरेको छ।
प्रतिक्रिया