इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा थप २ हेजबुल्लाह सेनापति मारिए ,विस्थापित १०,००० मानिसहरूलाई आश्रय प्रदान

इनेप्लिज २०८१ असोज ८ गते २२:३९ मा प्रकाशित

इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा थप २ हेजबुल्लाह क्षेप्यास्त्र सेनापति मारिएको जनाएको छ।

इजरायली सेनाले मंगलबार गरेको हवाई आक्रमणमा हेजबुल्लाहको क्षेप्यास्त्र इकाईका एक वरिष्ठ नेता इब्राहिम कुबैसी तथा उग्रवादी समूहका अन्य दुई सेनापति पनि मारिएको दाबी गरेको छ ।

इजरायल रक्षाबल (आईडीएफ) ले यस अघि मंगलबार दक्षिण बेरुत, लेबनानको एउटा आवासगृह भवनमा भएको हवाई आक्रमणमा कुबैसी मारिएको दाबी गरेको थियो।

बेरुतको दक्षिणी गाउँहरूमा हालै इजरायली आक्रमणबाट विस्थापित भएका करिब १०,००० मानिसहरूलाई आश्रय प्रदान गरिरहेको लेबनानी राज्य समाचार सँस्था एनएनएले मंगलबार समाचार प्रकाशित गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार इजरायलको युद्ध लेबनानसँग नभई हेजबुल्लाह र यसको नेतृत्वसँग भएको दोहोर्‍याएका छन्।

“म लेबनानका जनतारूलाई भन्छु: हाम्रो युद्ध तपाईहरूसँग छैन। हाम्रो युद्ध हेजबुल्लाहसँग छ। (हिजबुल्लाह नेता हसन) नसरल्लाहले तपाईहरुलाई खाडलको छेउमा लादै छन् “नेतन्याहुले गुप्तचर आधारको भ्रमणको क्रममा भने।

उनले लेबनानी जनतालाई आवासीय घरहरू सहित हेजबुल्लाहसँग हतियार भएको ठाउँहरू खाली गर्न चेतावनी दिए। इजरायली सेनाले बेका र दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा हेजबुल्लाह लक्ष्यहरूमा अर्को चरणको “व्यापक आक्रमण” गरेको बताएको छ।

इरानका राष्ट्रपतिले मङ्गलबार संयुक्त राष्ट्र संघको महासभामा इजरायलले लेबनानमा हालै गरेको हमला अनुत्तरित हुन नसक्ने बताए ।

अन्तर्राष्ट्रिय समुदायले तुरुन्तै हिंसा रोक्न र गाजामा स्थायी युद्धविराम ल्याउनुपर्छ । लेबनानमा इजरायलको बर्बरतालाई यस क्षेत्र र विश्वलाई घेर्नु अघि नै अन्त्य गर्नुपर्छ,” मसुद पेजेस्कियानले भने।

प्रतिक्रिया