अध्यावधिक गरिएको : अमेरिकाको अलाबामा राज्यको बर्मिंघम गोलाबारीमा कूल चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको एबिसीन्यूजले जनाएको छ ।
बर्मिंघम गोलीबारीमा थुप्रै जना हताहत भएको र घटनामा धेरै बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । गत शनिबार गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
बर्मिङ्घम घटनामा मारिएका ३ जनाको नाम प्रहरीले आइतवार सार्वजनिक गरेको छ । जसमा बेसेमेरकी २१ वर्षीया अनित्रा होलोमन , २७ बर्षिय बर्मिंघका ताह्ज बुकर तथा बर्मिङ्घमका २७ वर्षीय कार्लोस म्याककेन घटनामा मारिएका चारमध्ये तीन जना भएको जनाएको छ ।
गत शनिबार राती ११ बजे गोलाबारी चलेको थियो । प्रहरीले अझै धेरै संदिग्धहरूको खोजी गरिरहेको जनाएको छ । संदिग्धहरूले सार्वजनिक क्षेत्रमा बाहिर रहेका मानिसहरूको ठूलो समूहमा गोली हानी त्यसपछि उनीहरु गाडीमा घटनास्थलबाट भागेका थिए।
प्रहरी अधिकारीहरू घटनास्थलमा आइपुगे पछि उनीहरूले दुई वयस्क पुरुष र एक वयस्क महिला सडक पेटीमा धेरै बन्दुकको गोली लागेर घाइते भएको अवस्थामा फेला पारेका थिए । बर्मिङ्घम अग्नि नियन्त्रण तथा उद्धार टोलीहरूले घटनास्थलमा तीनै जना पीडितहरूलाई मृत घोषित गरेका थिए।
युएबी अस्पतालमा एक जनालाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा १०० भन्दा बढी गोलीका खोलहरू संकलन गरिएको थियो।
सोमबार सम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।
प्रतिक्रिया