पथरी प्रहरीको सफल्ता, पथरी शनिश्चरेका चन्द्रबहादुरको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ

इनेप्लिज २०८१ असोज ६ गते १०:३७ मा प्रकाशित

पथरी, ६ असोज

चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ रविन राई पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे ७ मा हिजो २०८१ असोज ५ गते चन्द्रबहादुर तामाङको बिबत्स हत्या भएको थियो । प्रहरीको खोजीमा रहेका रविनलाई एक दिन पछाडी मुलघाटबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालको टोलीले घटना घटेको छोटो समयमै फरार रहेका ज्वाई पक्रन सफल भएको हो । पछिल्लो समय पथरी शनिश्चरेका जनताको विश्वा जित्न र शान्ति शुरक्षा कायम गर्न दाहाल नेत्रित्वको टोली लागि परेका । पक्राउ परेका राईबाट घटनाको बास्तविक्ता खुल्ने डि एस पि मोहन विक्रम दाहालको बताउनु भयो ।

करिव ६० वर्षका तामाङको हत्या भए लगतै प्रहरीले कडाईका साथ अनुसन्धान सुरु गरेको थियो । संगै बस्दै आएका रहेका ज्वाई सम्पर्क बिहिन भए पछि प्रहरीको अनुशन्धान ज्वाई तिर घुमेको थियो । तामाङको घरमै बम्फक प्रयोग गरि हत्या भएको अवस्थामा शव फेला परेको थियो । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीको खोजिमा रहेका हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए ।

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिनुभयो । उन मुलघाटबाट प्रहरीमा सेलेन्डर गर्न जाने भन्दै धरान ऋउने गाडीबाट पक्राउ परेको दाहालले बताए ।

दाहालको ईलाका प्रहरी कार्यलय पथरी सम्हालेका यता नागरिकले शान्ति सुरक्षामा निकै सुरक्षीत महसुस भएको बताउने गरेका छन । दाहालले छोटो समयमा लागुपदार्थ तथा दुब्याशनीमा निउनिकरण, अबैध बन्यजन्तु ओसार पसामा कडाई र शान्ति शुरक्षा कायम गदै आएका छन ।

प्रतिक्रिया