अमेरिकाको अलाबामाको लोकप्रिय मनोरञ्जन क्षेत्रमा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु ,कैयौं घाइते

इनेप्लिज २०८१ असोज ६ गते १०:०२ मा प्रकाशित

अमेरिकाको अलाबामा राज्यको लोकप्रिय मनोरञ्जन क्षेत्रमा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको प्रहरीले जनाएको छ ।

बर्मिङ्घम शहरको सबैभन्दा लोकप्रिय मनोरञ्जन क्षेत्रहरू मध्ये एकमा शनिबार साँझ भएको गोलीकाण्डमा कम्तिमा चार व्यक्तिको मृत्यु हुनुका साथै “दर्जनौं” बढी घाइते भएका छन्, बर्मिङ्घम प्रहरी विभागले जनाएको छ।

राति ११ बजेपछि, फाइभ प्वाइन्ट दक्षिण क्षेत्रमा “बहु बन्दुकधारीहरूले मानिसहरूको समूहमा धेरै गोली हाने”, बर्मिंघमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले भने।

जब प्रहरी अधिकारीहरु घटनास्थलमा आइपुगे, उनीहरूले दुई जना पुरुष र एक महिलालाई बन्दुकको गोली लागेको अवस्थामा फेला पारे। र तीनै जनालाई पछि घटनास्थलमा मृत घोषित गरियो, फिट्जगेराल्डले भने। चौथो घाइतेको इलाका अस्पतालमा मृत्यु भएको उनले बताए ।

आइतबार बिहानसम्म कुनै पनि संदिग्धहरू हिरासतमा नलिएको फिट्जगेराल्डले भने।

पीडितहरू फुटपाथमा खुला ठाउँमा थिए । गोली प्रहार गर्नेहरू पीडितसम्म नजिक गए या गाडीमा चढेर गएका हुन् भन्ने कुरा पत्ता लगाउन अनुसन्धानकर्ताहरूले काम गरिरहेको उनले बताए।

गोली लागेका थप पीडितहरूलाई पहिचान गरिएको छ भने अन्य पीडितहरू स्थानीय अस्पतालमा पुगेका थिए। बर्मिंघम अस्पतालको अलाबामा बिश्वबिद्यालयले ११ जना पीडितहरूलाई उपचार गरेको जस मध्ये एक जनाको मृत्यु भएको छ । पीडितहरुको अवस्था भने सार्वजनिक भएको छैन ।

अलाबामाको फाइभ पोइन्ट्स साउथ एक व्यस्त क्षेत्र हो जहाँ चमेनागृह ,रात्रि क्लबहरू, प्रत्यक्ष संगीत स्थलहरू रहेका छन् ।

प्रतिक्रिया