मेरिल्याण्डको लागि ५० लाख रुख भन्ने नारा सहित हिन्दु बुद्ध मन्दिर बाल्टिमोरद्वारा नि:शुल्क फूल र रुखका बिरुवा बितरण गरिदै

इनेप्लिज २०८१ असोज ५ गते १९:४६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको अथक र अद्वितीय प्रयासबाट स्थापित हिन्दु बुद्ध मन्दिर बाल्टिमोरले निशुल्क फूल र रुखका बिरुवा बितरण गर्ने भएको छ ।

तर त्यसको लागि आवेदन पत्र भर्न समेत आह्वान गरिएको छ । मेरिल्याण्डको लागि ५० लाख रुख भन्ने नारा सहित हिन्दु बुद्ध मन्दिरले बिभिन्न जातका फूल र बिरुवा वितरण गर्न लागेको मन्दिरका स्वयमसेवक तरुण पौडेलले ईनेप्लिजलाई बताए ।

पौडेलले सबैलाई सरल र सजिलो होस् भन्दै यसको लागि आवेदन पत्र भर्न समेत अनुरोध गरेका छन् । आदेश अर्थात् अर्डर गर्ने अन्तिम मिति शुक्रबार, अक्टोबर ४ रहेको छ । यो भरे पछि लिन जाने मिति अक्टोबर २०, २०२४ रहेको छ ।

ब्लाक गम ,नर्दन रेड ओक ,रेड म्यापल र अमेरिकन एल्म नामक बिरुवा बितरण गरिने छन् । त्यस्तै फूलहरुमा डगवुड, सर्विसबेरी ,इस्टर्न रेडबड तथा स्विटबे मागनोलिया बितरण गरिने छ ।

पिकअप (लिन जाने स्थान) : हिन्दु बुद्ध मन्दिर, १२२३१ हार्फर्ड रोड, ग्लेन आर्म, एमडी २१०५७

आवेदन पत्र भर्न यहाँ थिच्नु होस् :

https://docs.google.com/forms/d/e/1FAIpQLSdpwMQRXdvB2glg8guDHOHSdcYl9O5JJJbkjaZuyG7pPP9EoQ/viewform?pli=

प्रतिक्रिया