अमेरिकाको साउथ क्यारोलाइना राज्यको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक छिमेकको पोखरीमा मृत फेला परेका छन् । प्रहरी अधिकारीहरूले साउथ क्यारोलाइनाको एक प्राथमिक विद्यालयमा कक्षाकोठाबाट भाग्दा एक ८ वर्षीय विद्यार्थी पोखरीमा मृत फेला परेको बताएका छन्।
लियोनेल रामिरेज सर्भान्टेस दुई अन्य विद्यार्थी र तीन विद्यालयका कर्मचारीहरूसँग कक्षाकोठामा थिए । जब उनी सभाकक्ष भवनको बाहिर गए । त्यसपछि बार र देख्न नसक्ने अग्लो घाँस भएको मैदानमा पुगेको ग्रीनभिल काउन्टीको एक विद्यालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यस पछि प्रहरीलाई तुरुन्तै बोलाइयो र अधिकारीहरू, विद्यालयका अधिकारीहरू र समुदायका सदस्यहरूले खोजी गर्न थाले। गोताखोरहरूले लियोनेलको शव लगभग चार घण्टा पछि सिम्पसनभिलको बेल्स क्रसिङ इलिमेन्टरी(प्राथमिक बिद्यालय )बाट करिब १,००० फिट (३०० मिटर) नजिकैको पोखरीमा फेला पारेको अधिकारीहरूले भने।
ग्रीनभिल काउन्टी शेरिफ होबार्ट लुईसले एक पत्रकार सम्मेलनमा भने, “आज त्यो विद्यालय र समुदायमा सबैको हृदय दुखेको छ।”
बालकको शव फेला पर्नु अघि प्रहरीले उनलाई अटिज्म वा अन्य कुनै गढबढ विकास भएको हुन् सक्ने बताए ।
प्रहरी सहायक र बिद्यालयका अधिकारीहरूले कसरी बच्चा बिद्यालयको मैदानबाट बाहिर गयो भनेर अनुसन्धान गरिरहेका छन् । तर कर्मचारीहरूले उनलाई समात्ने प्रयास गरेको एबिसीन्यूजले जनाएको छ ।
“हामी एक समुदायको रूपमा शोक गरिरहेका छौं। हाम्रा एक सन्तान गुमाउँदा हामी मर्माहत भएका छौं ।, बिद्यालयका प्रमुख क्रिस रसले एक विज्ञप्तिमा भने।
ग्रिनभिल काउन्टी मृत्यु समीक्षक कार्यालयका अनुसार शुक्रबार गरिएको शवपरीक्षणमा आकस्मिक मृत्यु भनिएको छ ।
प्रतिक्रिया