ममता काफ्लेको मुद्दाको भिडियो ( श्रव्य दृश्य) सार्वजनिक गर्न न्यायाधीशले आदेश दिएका छन्।
ममता काफ्लेका पति नरेश भट्ट शुक्रबार बिहान पूर्व परीक्षणको सुनुवाइका लागि अदालतमा हाजिर भएका थिए तर उनि हसिलो रुपमा देखिए ।
अदालतका कागजात अनुसार ममताको शव अहिलेसम्म फेला परेको छैन, तर नरेशले उनको हत्या गरी शव लुकाएको अभियोजकले अभियोग लगाएका छन्।
शुक्रबारको सुनुवाइ एक निगरानी श्रव्यदृ्ष्य(भिडियो)को सेरोफेरोमा केन्द्रित रहेको थियो ।
जुलाई २७ का दिन ममता प्रिन्स विलियम काउन्टीमा काम गरेको अस्पताल बाहिर अज्ञात कालो चार-ढोका भएको सेडान गाडीमा पसको देखिएकोले यसैलाई सार्वजनिक गर्न नरेश भट्टका रक्षा वकिलले न्यायाधिशलाई अनुरोध गरेको एविसि७ले समाचारमा जनाएको छ ।
तर सरकारी वकिलले नरेश भट्टले जुलाई ३१ मा ममता काफ्लेसॅग सगै भएको पटक पटक बयान दिएकोले यस्को कुनै तुक नहुने तर्क दिएका थिए ।
तर न्यायाधिशले श्रव्यदृश्य( भिडियो) बाहेक निजी घुम्ती यन्त्र(सेल फोन डाटा)को तथ्याक, टेस्ला गाडीको जिपीएस तथ्याक र धेरैजसो प्रहरी प्रतिवेदन जारी गर्ने अनुरोधलाई अस्वीकार गरे।
विस्तृत जानकारी लिन सच्ची मैनालीको अदालत बाहिरको कुराकानी हेरौ :
प्रतिक्रिया