ममता काफ्लेको मुद्धाको सुनुवाई आज सेप्टेम्बर १३ र १६ मा हुने तय भएको छ । साथै मनासस पार्क प्रहरी चौकीले एक सूचना जारी गर्दै ममताको घरमा फेरी अनुसन्धान गरेको जानकारी गराएको छ ।
मनासस पार्क प्रहरी चौकीले गत सेप्टेम्बर १२ बिहिबारका दिन नरेश भट्टको घरमा प्रिन्स विलियम काउन्टी प्रहरी फोरेन्सिक बिभागको सहयोगमा ९४०८ स्थित हेदर कोर्ट( मार्ग) मनासस घरमा अर्को खोज अधिकार पत्र पूर्जी (वारेन्ट )कार्यान्वयन गरेको जनाएको छ ।
साथै प्रहरी बिभागले पछिल्ला केही दिनहरूमा गुप्तचरहरूले नयाँ जानकारी प्राप्त गरेको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ । नयाँ जानकारी प्राप्त गरेकोले निवासको लागि खोजी वारेन्ट (अधिकार पत्र )प्राप्त गरेको बिज्ञप्तिमा भनिएको छ ।
खोजीमा बिभागले के प्रमाण खोजिरहेका थियौं भन्ने बिषयमा खुलासा गर्न नसक्ने बताएको छ । ममता काफ्ले भट्टको मुद्दामा मनसास पार्क प्रहरी विभागले सक्रियतापूर्वक अनुसन्धान जारी राखेको समेत प्रतिबद्धता दोहोर्याएको छ ।
विभागले अझै पनि २८ जुलाई, २०२४ र अगस्त ५,२०२४ बीचमा नरेश भट्टसँग सम्पर्क गर्ने वा कुरा गर्ने जो कोहीलाई मनासस पार्क प्रहरी विभागको 703-361-1136 मा सम्पर्क गर्न अनुरोध गरिरहेको बिज्ञप्तिमा समुदायलाई आह्वान गरेको छ ।
प्रतिक्रिया