अदभूत, असाधारण १५३ विश्व कीर्तिमानी व्यक्तित्व डा. डीआर उपाध्याय

इनेप्लिज २०८१ भदौ २७ गते ११:२४ मा प्रकाशित

अशोक धनञ्जय

नेपाली सिर्जना आकाशको क्षितिजलाई नियालेर जब हामी प्रतिभाहरू खोज्न थाल्दछाँै त्यहाँ हामी बहुप्रतिभाका धनी गीतकार, कृतिकार डा. डीआर उपाध्याय÷खनाललाई पाउछौ । नेपाली क्षितिजमा मात्र होइन विश्व सिर्जनाको क्षितिजमा एक प्रदीप्त ताराका रूपमा स्थापित हुनुभएको उहाँ । आज उहाँको सिर्जनाको लहर विश्वको कुना–कुनासम्म गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेकर्ड प्रदान गर्ने दर्जनभन्दा बढी संस्थाहरूमार्फत लहराइरहेका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड, बुक अफ अमेरिकालगायत दर्जनाँै संस्थामा नाम दर्ज हुनु यसै पनि असाधारण कर्म मानिन्छ । नेपाली आमाका सन्तान डीआर उपाध्याय÷खनालले गीत, सङ्गीत र विविध क्षेत्रमा नयाँ सिर्जना गरेर १५३ विश्व कीर्तिमानी रेकर्ड कायम राख्न सफल हुनुभएको छ । सायद यसरी एउटै मानिसले यति धेरै कीर्तिमानी रेकर्ड कायम गर्नसक्नु आफैँमा विश्वमै महान् उपलब्धि हो । विश्वमा अधिक कीर्तिमान कायम गर्ने विशिष्ट स्रष्टाको टप टेनमा डा. उपाध्याय अङ्कित भएको जानकारी पाउँदा नेपाल आमाको कुन सन्तति पुलकित नहोला ? हामी सम्पूर्ण नेपालीका लागि आज विश्व रेकर्डका प्रतिविम्ब बनेका छन् भन्दा अतिरञ्जना नहोला । गीत, सङ्गीत र साहित्य सिर्जनामा यति विघ्न विश्व रेकर्ड कायम गर्ने क्षमताका धनी डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ ।

माता उमादेवी र पिता शिवशंकर प्रसाद उपाध्याय खनालका कान्छा सुपुत्रका रूपमा पर्सा जिल्लाको वीरगञ्जमा सन् १९६२ मा उदाउनुभएका धर्मराज उपाध्याय आज डा. डीआर उपाध्याय÷खनालका नामले लोकप्रसिद्ध हुनुभएको छ । उहाँको प्रारम्भिक शिक्षा त्रि–जुद्ध व्यावसायिक माविमा भएको थियो । उच्च शिक्षा ग्रहणको लागि काठमाडौं आउनुभएका उपाध्यायले नेपालबाट उच्च शिक्षा गरेपश्चात् त्यतिमा मात्र चित्त नबुझाएर अन्ततः भारतबाट विद्यावारिधि सम्मको उपाधि हासिल गर्नुभयो र केही राहत महसुस गर्नुभयो ।

“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।” कर्म गर तर कर्मका फलको इच्छा नगर अर्थात् कर्म गरेपछि स्वतः कर्म अनुसारको फल प्राप्त हुन्छ भन्ने गीता मर्म सानो छँदै बुबामार्फत बुझ्नुभएका डा. उपाध्याय विद्यावारिधिमा मात्र सीमित भएर बस्न सक्नुभएन । उहाँले यसलाई साधन ठान्नुभयो न कि साध्य । विद्यावारिधिले उहाँलाई अझ देश र समाजप्रतिको जिम्मेदारीको बोध भयो । उहाँमा जन्मिएपछि केही सुकर्म गरेरै जानुपर्छ भन्ने ज्ञान पलायो । यसै ज्ञानको बलले उहाँलाई आफूमा रहेको प्रतिभाको बोध भयो । उहाँले कलम समाउनुभयो र गीतकार हुनुभयो, कवि, साहित्यकार हुनुभयो । उहाँले विधाहरूको पहिचान गरे तिनमा शिल्पको जडी भर्नुभयो उहाँ विश्व रेकर्डका नसा नसामा भिज्नुभयो, पहिचान गर्नुभयो र तिनमाथि विजय गर्नुभयो । र, एकपछि अर्को विश्वकीर्तिमान स्थापित गर्नुभयो ।

गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको पछिल्लो कृति ‘मझधार’सहित स्रोह उपन्यास कृति सार्वजनिक भएका छन् । उहाँका ‘बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् ।


समाजका विविध स्वरूपको पर्यवेक्षण गर्दै गतिशील सामाजिक मूल्यमा आस्था राख्ने कीर्तिमानी गीतकार हुनुहुन्छ डा. उपाध्याय । आफूभित्रको सिर्जनशील प्रतिभाको सफल प्रदर्शन गर्दै कला साहित्यको आराधनामा तल्लीन हुनुहुन्छ । बहुआयामिक व्यक्तित्वका धनी उपाध्यायको प्रसिद्धि गीतकारका रूपमा अझ उच्च छ । कला र साहित्यलाई समाजको दर्पण ठान्ने उहाँका सिर्जनामा जीवन जगत्को यथार्थपरक प्रस्तुति पाइन्छ ।

सानै उमेरदेखि जिज्ञासु उहाँमा हरेक विषयलाई सूक्ष्म ढंगले निरीक्षण गर्ने र त्यसका विभिन्न पक्षलाई मौलिक ढंगले चिन्तन गर्ने विलक्षण स्वभाव थियो । कला, साहित्यलाई विचार र संवेदना अभिव्यक्तिको सशक्त माध्यम पनि भनिन्छ । चिन्तनशील र भावुक स्वभावका उपाध्यायलाई पनि आफ्ना विचार र भावको भेल बगाउन यहीँ माध्यम उपयुक्त लाग्यो । मनका छाल र हृदयका तरंगहरू शान्त पार्न उहाँले सिर्जनाको गोरेटो रोज्नुभयो । सिर्जनाको त्यो बिज आज विशाल वटवृक्षमा पल्लवीत भएको छ ।

कलिलो उमेरदेखि नै उहाँमा गीत तथा कविता लेखनमा गजबको अनुराग थियो । विभिन्न कविता तथा गीतहरू कोरेर दाइदिदी तथा आफ्ना संगीहरूलाई देखाउनुहुन्थ्यो । सबै जनाबाट प्रसंशा र हौसला पाएपछि उहाँको मनमा अझ उत्साह भरिन्थ्यो । कलिलो उमेरबाटै गाढा बनेको कलमप्रतिको मोहले उहाँको यात्रा पनि कलासाहित्यको सेरोफेरोमै अघि बढ्न थाल्यो ।

मानिसका रुचि एकै किसिमका हुँदैनन् । सफलताका उचाइमा पुग्ने चाहना धेरैलाई हुने भए पनि त्यसको प्राप्ति सहज पक्कै हुँदैन । प्रकृतिले नै प्रत्येक मानिसमा जन्मजात फरक–फरक क्षमता र रहरको संयोजन गराइदिएको छ । रुचि र खुबीको मिलन भयो र त्यसको भरपुर उपयोग गरियोे भने मात्र सफलताका सिँढीरू उक्लिन सकिन्छ । सयौं कालजयी गीतका स्रष्टा डा. उपाध्याय पनि आफूभित्रको सिर्जनात्मक शक्ति र रुचि बुझेर यस क्षेत्रमा होमिनुभयो । जसको फलस्वरुप आज गीत संगीतको फाँटमा उहाँ सशक्त स्रष्टाको रूपमा परिचित हुनुहुन्छ ।

धेरैको जीवनबाट प्रेरणा र प्रभाव ग्रहण गरे पनि हरेक मानिस आफैँमा विशिष्ट र मौलिक हुनुपर्छ भन्ने गीतकार डा. उपाध्यायको मान्यता छ । त्यसैले त उहाँ आफ्नो छुट्टै पहिचान र अस्तित्वको खोजी गरिरहनुहुन्छ । स्रष्टाको पगरी भिरेपछि निर्माण भइसकेको बाटोमा हिँडेर मात्र पुग्दैन नयाँ गोरेटो पनि पहिल्याउनुपर्छ भन्ने उहाँको धारणा हो । यही मान्यताका साथ कलाकर्ममा समर्पित डा. उपाध्यायको गीतकारहरूका बीच पनि बेग्लै परिचय बनिसकेको छ ।

प्रतिभाका कुवेर डा. उपाध्याय सिर्जनाको गोरेटोमा सधैँं उत्साहित बनेर कविता, गीत र उपन्यासहरू कोरलिरहनुभएको छ । कठोर साधना र दृढ अठोटको बलमा उहाँभित्रको प्रतिभाले चियाउने अवसर पाएको छ । निस्वार्थ भावले आफ्नो कर्ममा तल्लीन भएमा त्यसबाट विशेष आनन्दको अनुभूति हुने गर्दछ । अव्यक्त अभिप्राय र स्वार्थबाट प्रेरित सिर्जनाले पाठकको हृदय छाम्न सक्दैन । चिन्तन बिनाको साहित्यिक प्रयास रहर, स्वाङ् मात्र हो । त्यसैले त डा. उपाध्याय निरन्तर गीत साहित्यमा डुबुल्की मारेर आफूभित्रको प्रतिभालाई रित्याउन चाहनुहुन्छ ।


आनन्दको खोजीमा मानिस दशतिर भौतारिरहेको छ । तर, आफूभित्रै रहेको सुखको अनन्त स्रोतलाई उपयोग गर्नेहरूले स–साना कुराहरूबाटै खुसी लिन सक्छन् । दुःखको सामना गरेपछि नै सुखको वास्तविक मूल्यबोध हुनेगर्छ । कला सिर्जना जन्माउन पनि ठूलो अभ्यास र कठोर तपस्या जरुरी छ । डा. उपाध्यायको जीवनले गरेका संघर्षका किस्साहरू पनि बेहिसाब छन् । संघर्षका सयौँ पहाड छिचोलेर मिलेको उचाइ र सफलताले उहाँलाई अपार खुसीको तहमा पु¥याएको छ । पवित्र पथ र उन्नत उद्देश्य लिएर हिँडेपछि जस्तोसुकै कठिनाइमा पनि सुखानुभूति प्राप्त हुन्छ ।

कलासाहित्यको भीडमा अरुभन्दा पर बसेर पृथक पहिचान बनाउनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्छ ।

उहाँका सिर्जना जति प्रेरक र मिठासपूर्ण छन् उहाँको व्यक्तित्व पनि त्यत्तिकै शालीन र सौम्य छ । हँसमुख चेहरा, स्पष्ट बोली, सरल र निष्कपट व्यवहारले प्रभावित नहुने सायदै होलान् ।

सार्वजनिक व्यक्तिका निजी विषयको पनि चासो र चर्चा हुने गर्छ । साहित्यमा स्रष्टाले प्राप्त गरेको ज्ञान, जीवनका भोगाइ र सीपलाई कलात्मक शैलीमा उतारिएको हुन्छ । अत्यन्तै परिष्कृत र उन्नत विचारले समाजलाई पनि सही मार्गमा लाग्न प्रेरित गर्दछ । आफ्ना रचनामार्फत समाजमा दिन खोजिएको सन्देशतर्फ पनि सर्जक उत्तिकै चनाखो हुनुपर्छ । डा. उपाध्यायका रचना र कृतिहरूमा सकारात्मक विचारको ढुकढुकी भेटिन्छ । उहाँद्वारा रचित कैयन गीतको सङ्गीतवद्ध स्वर सुन्दा समाजका साथै राष्ट्रकै गौरव गाथामा टेवा पुगेको छर्लंग हुन्छ ।


हरेक मानिसलाई उसले भोगेको परिवेश, संस्कार तथा संस्कृतिले पनि ठूलो प्रभाव पार्छ । सामाजिक चेतनाको स्तर कहाँ छ त्यहीँ धरातलमा टेकेर मान्छेले आफ्ना धारणा र विचारको विकास गरिरहेका हुन्छन् । साधारण परिवेशमा हुर्केर पनि कोही भने विश्वमै नौलो काम गर्न उद्यत हुन्छन् । तिनै दुर्लभ व्यक्तिमध्ये डा. उपाध्याय पनि एक हुनुहुन्छ । उहाँले नेपाली कला साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन विभिन्न सार्थक प्रयास गर्नुभएको छ । उहाँबाट रचित दर्जनौँ गीतहरूले विश्व कीर्तिमान् राख्न सफल भएका छन्् । गीत लेखेर एक पछि अर्को रेकर्ड राख्दै आफ्नो परिचयलाई विस्तार गर्नुभएका उपाध्यायका नामबाट नेपालले पनि गौरव गर्न पाएको छ ।

सानैदेखि आम मानिसका पीर व्यथा र आँशुमा आफू पनि अंशीयार हुन खोज्ने उपाध्यायलाई मान्छेले भोगका वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरूलाई सिर्जनामा उतार्न रुचिकर लाग्छ । त्यसैले उहाँका रचनामा सामाजिक तस्वीरलार्ई सजीव रूपमा समेटिएको पाइन्छ । लेखनलाई नै आफ्नो जीवनको अभिन्न पक्ष ठान्ने साहित्यकार डा. उपाध्यायका समसामयिक रचनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरुमा नियमितजसो प्रकाशित भइरहेका छन् । लेखनको केन्द्र विन्दु सामाजिक यथार्थतामा हुनुपर्छ भन्ने उहाँको मान्यता रहेको पाइन्छ ।


उहाँका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभुतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, आकाङ्क्षा, अभिभूत, अभिलाषा, आवृत’ लगायतका ३६ वटा एल्वम स्रोता÷दर्शकमाझ आएका छन् । यस्तै सबैभन्दा सानो गीतको पुस्तक (२ वाई २ इन्च)को गीतिसङ्ग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४÷३६ इञ्जको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ ।

उहाँले आफ्नो साहित्य गीत रचना आदिको कर्मबाट गिनिज बुक अर्फ वल्र्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लन्डन युकेलगायत विभिन्न देशबाट वल्र्ड रेकडको प्रमाणपत्र प्राप्त गरिसक्नुभएको छ । एभरेष्ट वल्र्ड रेकड, स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, व्रिटिश वल्र्ड रेकर्ड जस्ता रेकर्डको प्रमाणपत्रसमेत प्राप्त गरिसक्नुभएको छ डा. उपाध्यायले ।

उपाध्यायले नारी एवम् पुरुषले दुबै प्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशष्टि नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत, साङ्केतीक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्याधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नाम बाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, एउटै गीतको स्थाई र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको, ५० अन्तर्राष्ट्रिय भाषामा गीत, एकैदिन धेरै राष्ट्रिय पत्रिकामा लेख प्रकाशन, विश्वको हाइ अलटिच्युटमा गीतको लाइभ प्रस्तुति जस्ता विषयबाट डा. उपाध्यायले वल्र्ड रेकर्ड राख्न सफल हुनुभएको हो ।

यस्तै उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राको नाममा गीत–संगीत तयार गरेर, कदेखि ज्ञसम्मका प्रत्येक वर्णको गीत लेखी कीर्तिमानी रच्नुभएकोे छ । यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, आफ्ना २०० जति गीत हट एयर बेलुनमा उडाएर, १५० भन्दा बढी गीत चेसबोडमा लेखेर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत लेखी रेकर्ड गराएर विश्व रकेर्ड कायम गर्नुभएको छ ।

उहाँले आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोस्टकार्डमा छापेर, सकारात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराउनुभएको छ ।
कीर्तिमानी गीतकार उपाध्यायले नेपाली गीत सङ्गीतलाई विश्व बजारमा पु¥याउँदै गिनिज बुक, अमेरिकन वल्र्ड बुकसहित सबै वल्र्ड रेकर्डमा आफ्नो मात्र होइन नेपालकै गौरव बढाएको छ । उहाँ भन्नुहुन्छ, ‘यो रेकर्ड मैले आफ्नो लागि मात्र नभई नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउनका लागि पनि गरेको हुँ ।’


‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उहाँका प्रायजसो गीत पुरष्कृत हुन सफल छ । यस्तै उहाँलाई मुम्बईको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्ड बाट पनि विभूषित गरिएको छ । ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्ने उपाध्याय स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने बताउनुहुन्छ ।

मिलनसार स्वभावका डा. उपाध्याय आफूभन्दा अग्रज स्रष्टाहरुको सम्मान गर्नुहुन्छ भने अरु सबैलाई प्रेरणा र स्नेह दिनुहुन्छ । जीवनको सक्रिय क्षणसम्म साहित्यमै समर्पित हुने उपाध्यायको अठोटलाई श्रीमती सुनिता खनालले पनि मलजल गरिरहनुभएको छ । त्यस्तै छोरा अङ्कित, वुहारी श्लेशा र छोरी ईशाको सहयोगले पनि उहाँको यात्रा थप उत्साहित बनेको छ । डीआर म्युजिक एन्ड क्रियशनमार्फत् उहाँले आफ्ना गीतहरू स्रोता÷दर्शकमाझ ल्याउनुहुन्छ ।

लेखक तथा साहित्यकारहरू समाजका गहना मात्र नभई पथप्रदर्शकसमेत हुन् । सिर्जनाले सर्जकलाई मृत्युउप्रान्त पनि जीवित बनाएको हुन्छ । लेखनमा नवीन विषयहरुको खोजी गर्ने डा. उपाध्याय स्रष्टाले आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ भन्ने कुरामा जोड दिनुहुन्छ । सरल भाषाशैली, अलंकार, बिम्ब, प्रतीकको सन्तुलित प्रयोगले सुन्दर उहाँका रचनामा विचारको पनि परिपाक भेटिन्छ । ती विचारहरू न रुढीग्रस्त परम्परागत चिन्तनले गाँजेका छन् न त आधुनिकतामा चुकेका छन् । बरु बदलिँदो समयको चेतनालाई डो¥याउँदै समुन्नत समाज निर्माणको परिकल्पना पाइन्छ । संख्यात्मक रूपमा त उहाँका रचनाहरू उल्लेखनीय नै छन् साथै गुणात्मक दृष्टिले पनि उत्तिकै अब्बल ठहरिएका छन् ।

उपाध्यायका गीतमा विषयगत विविधता पाइन्छ । सबै वर्ग, पेशा र समुदायका विचार र विषयलाई उहाँले समेट्ने कोसिस गर्नुभएको छ । उहाँका एल्बममा रहेका गीतमा माया प्रेम, रोमान्स, विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि छन् । उहाँका चाड–पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन लाई लक्षित गीत, समाजमा रहेका नागरिकलाई स्वस्थ तथा निरोगी बनाउन योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत छन् ।

साहित्यमा विविध विधा र आयामहरूमा डुवुल्की मार्दै स्वरैकल्पना तथा यथार्र्थ वादी धारमा सलल्ल बग्न सक्ने सामाथ्र्य राख्नुहुने डा. उपाध्याय चेतनाले ओतप्रोत प्राणयुक्त साहित्य सिर्जना गर्न उन्मुख हुनुहुन्छ । जमिन मुनी परपरसम्म पुगेको जरा र झाँगीएको पिपलको विशाल रुख झैँ जिवन्त र आकर्षक हुनु पर्दछ साहित्य भन्ने उहाँको धारणा छ ।

कठोर साधना र दृढ संकल्प नै डा. उपाध्यायका प्रमुख अश्त्र हुन् । संघर्षका सयौं पहाड छिचोलेर नेपाली साहित्य र गीतिविधामा यति धेरै विश्व कीर्तिमान बनाउनुभएको छ उहाँले ।

विश्वमा विरलै यस्ता व्यक्तित्वहरूको प्रादुर्भाव हुने गर्दछ । जसले दुर्भेद्य किल्लाहरूमा भेदन गर्ने असाधारण सामाथ्र्य राख्दछ । डा. उपाध्याय त्यस्तो व्यक्ति हो जसले नेपाली साहित्य, कला, गीत–सङ्गीत र संस्कृतिको महत्ता र गरिमापूर्ण रहस्यलाई विश्वसामु उजागर गर्नुभएको छ । साधनालाई सिर्जनामा परिणतगरी प्रविणता हाँसिल गर्नुभएका डा. उपाध्याय नेपालका प्रतिनिधि पात्र हुनुहुन्छ । सिर्जनामा निरन्तर वगिरहनुहुने उहाँसँग थकाइ भन्ने शब्द नै छैन । जहिले हसमुख फुर्तिलो र नयाँ नयाँ क्रियशनमा आफूलाई तल्लिन राख्नुहुने डा. उपाध्यायले यस क्षेत्रमा अझ कीर्तिमानका इटा थप्न निरन्तर लागिरहनुभएको छ । कीर्तिमानमार्फत विश्वमा नेपाल चिनाउने महान् पथमा लाग्नुभएका उहाँ आफ्नै राजमार्गमा कुदिरहनुभएको छ । त्यसैले त जन्मिएका छन् नयाँ नयाँ विश्व कीर्तिमान । विश्व मानचित्रमा आफ्ना सिर्जनाको माध्यमबाट एकपछि अर्को विश्व रेकर्ड राख्दै नेपाल चिनाउने अभियानका अभियन्ता डा. उपाध्याय अहोरात्र, निरन्तर अथक पथिकमा रुपमा क्रियाशिल हुनुहुन्छ । एक अदभुत, असाधारण नेपाली व्यक्तित्व डा. उपाध्याय यो उचाईलाई अझ अल्ग्याउन निरन्तर लागि पर्नुभएको छ । उहाँ हामी सबैको प्रेरणका श्रोत हुनुहुन्छ ।

प्रणय, रोमान्स, भावनात्मक, यातना, कष्ट, वैभव र ऐश्वर्यपूर्णलगायत जीवनका अनेकौँ आरोह–अवरोहका भुक्तभोगी डा. उपाध्याय जीवनलाई सृष्टिकर्ताको एक उत्कृष्ट नाटक र त्यही अदृश्य महाशक्तिलाई निर्माता–निर्देशकका रुपमा लिनुहुन्छ । आफ्ना सिर्जनामार्फत् विभिन्न विश्व कीर्तिमान र बेहिसाब सम्मान तथा पुरस्कारले विभूषित उपाध्यायका पाइलाहरू निरन्तर अगाडि बढून् ।

प्रतिक्रिया