५ वर्षीय बालकलाई टाउकोमा पाखुराले न्याकेको आरोपमा शिक्षक पक्राउ

इनेप्लिज २०८१ भदौ २५ गते ११:२५ मा प्रकाशित

न्यूयोर्क शहरमा एक शिक्षकलाई प्रहरीले गत सोमबार एक ५ वर्षीय केटालाई हेडलक अर्थात् टाउको पाखुराले न्याके पछि उनलाई पक्राउ गरी अभियोग लगाइएको प्रहरीले जनाएको छ।

घटना दिउँसो करिब १ः३० बजे भएको हो । एबीसी न्यूजका अनुसार न्यूयोर्क शहरको म्यानह्याटन स्थित ह्यामिल्टन हाइट्स क्षेत्रमा संचालित एडम क्लेटन पावेल जुनियर प्राथमिक विद्यालयको भित्र घटना भएको हो ।

४६ वर्षीय एन्थोनी विक्सलाई १७ वर्ष मुनिका बच्चालाई हानि पुर्‍याउने र कुटपिट गरेको आरोप लगाइएको छ । ५ वर्षीय बालकलाई कोलम्बिया युनिभर्सिटी अर्भिङ्ग मेडिकल सेन्टर( अस्पताल )लगिएको छ । प्रहरीका अनुसार ५ बर्षिय बालक बाँच्ने आशा गरिएको छ।

यद्यपि बच्चालाई कस्तो चोटपटक लागेको छ वा कति गम्भीर हुन सक्छ भन्ने बारे कुनै विवरण नदिइएको एबिसीन्यूजले जनाएको छ ।

आक्रमण के कारणले भयो भन्ने थाहा हुन् नसकेको र अनुसन्धान जारी रहेको बताईएको छ ।

प्रतिक्रिया