फिलिपिन्समा एक ७० बर्षका सेवानिवृत्त बृद्ध बिश्व कै सबैभन्दा बृद्ध उमेरमा चिकित्सक बन्न सफल

इनेप्लिज २०८१ भदौ २३ गते १२:४१ मा प्रकाशित

फिलिपिन्समा ७० बर्षको उमेरमा सेवानिवृत्त एक बृद्धले चिकित्सा शास्त्रको अध्ययन समाप्त गर्दै आधिकारिक चिकित्सक बन्न सफल भएका छन् । उनले चिकित्सा शास्त्रमा उपाधि हासिल गरे पछि अरुलाई पनि सल्लाह दिएका छन् ।

सिएनएनका अनुसार सबैले उनलाई प्राध्यापक ठान्थे । तर खैरो कपाल भएको बूढो मानिस कक्षाका अन्य बाँकी विद्यार्थीहरू जस्तै उनि चिकित्सा शास्त्र विद्यार्थी थिए ।

“मेरो परिवार र साथीहरू सुरुमा छक्क परे। मेरा धेरै साथीहरूले यो उमेरमा मेडिसिन(चिकित्सा) पढ्न पागल हो भन्ने ठानेको टोह हङ केङले बताए ।

एक सेवानिवृत्त मलेसियामा जन्मेका उनि हङकङमा दशकौंदेखि बस्दै आएका थिए । गत जुलाई महिनामा ७० वर्षको उमेरमा टोहले मेडिकल स्कूल(चिकित्सा बिद्यालय) बाट स्नातक गर्ने संसारको सबैभन्दा बृद्ध विद्यार्थीहरू मध्ये एक बनेका छन् ।

“यो सँधै सजिलो थिएन,” फिलिपिन्सको सेबुमा रहेको साउथवेस्टर्न युनिभर्सिटी फिन्मा( चिकित्सा बिश्वबिद्यालय)बाट हालसालै चिकित्सा शास्त्र बिषयमा स्नातक गरेका टोहले भने। “६५ देखि ७० वर्षको उमेरमा, मेरो स्मरणशक्ति, आँखाको ज्योति, सुन्ने र शरीर म सानो हुँदाको जस्तो राम्रो हुँदैन।”

टोहले आफ्नो जीवनको अधिकांश समय प्राविधिक बिक्रीमा काम गरेर बिताए। तेस्रो वर्षमा पेडियाट्रिक(बाल) परीक्षामा उनि असफल)फेल भएपछि उनलाई एक वर्ष पछाडि राखिएको थियो। तर उनले हिम्मत हारेनन । उनले अध्ययनलाई निरन्तरता दिए र संकल्प गरे ।

बाल्यकालमा चिकित्सक बन्ने ठूलो महत्वाकांक्षा नभएको टोहले बताए । सन् २०१८ मा मध्य एसियाली देश किर्गिजस्तानमा छुट्टी मनाउने क्रममा उनले दुई युवा भारतीय चिकित्सा शास्त्रकका विद्यार्थीहरूलाई भेट्दा यो विचार आएको उनले बताए ।

“मैले चिकित्सा अध्ययन गर्ने निर्णय गर्नुको एउटै कारण थियो कि म केही उपयोगी गर्न चाहन्छु,” उनले भने। “मैले विभिन्न पाठ्यक्रमहरू गरेको छु। मैले अर्थशास्त्र गरें, मैले रसायनशास्त्र गरें, मैले इलेक्ट्रोनिक इन्जिनियरिङ (बिधुतिय अभियन्त्रणा )गरे – तर म त्यो फेरि गर्न चाहन्न थिए ।”

प्रतिक्रिया