अमेरिकाको केन्टकीको एक राजमार्ग ७५ नजिकै धेरै व्यक्तिलाई गोली हानेपछि संदिग्धको व्यापक खोजी जारी राखिएको प्रहरी अधिकारीहरूले बताएका छन् । शेरिफको कार्यालयका अनुसार लेक्सिंगटनको दक्षिणमा रहेको केन्टकीको लरेल काउन्टीको ग्रामीण क्षेत्रको एक अन्तरराज्यीय क्षेत्रमा शनिबार धेरै व्यक्तिहरूलाई गोली हानिएपछि कम्तिमा एक संदिग्धको खोजी भइरहेको छ।
केन्टकी राज्यको लन्डन शहरबाट करिब नौ माइल उत्तरमा रहेको अन्तरराज्यीय ७५ नजिकै गोलाबारी भएको र उक्त व्यक्तिले धेरै व्यक्तिलाई गोली हानेकोलरेल काउन्टी शेरिफको कार्यालयले बताएको छ ।
केन्टकी राज्य प्रहरी बिभागले सामाजिक सञ्जाल मार्फत संदिग्ध अझै फरार रहेको जनाएको छ । बिभागले मानिसहरूलाई भित्रै बस्न आग्रह गरेको छ।
लुइभिलको मदिरा, सुर्ती ,बन्दुक र विस्फोटक बिभागले एक विज्ञप्तिमा प्रहरी अधिकारीहरूले केन्टकी राज्य प्रहरी र स्थानीय अधिकारीहरूलाई अन्तरराज्यीय ७५ नजिकै “गम्भीर घटना” को साथ प्रतिक्रिया र सहयोग गरिरहेको जनाएको छ ।
अन्तरराज्यीय निकास(एक्जिट) ४१ मार्गबाट निकास(एक्जिट) ५९ मार्ग सम्म बन्द गरिएको छ । उक्त क्षेत्रबाट टाढा रहन सबैलाई आग्रह गर्नुको साथै वैकल्पिक मार्ग रोज्न विज्ञप्तिमा भनिएको छ।
गभर्नर एन्डी बेशियरले लरेल काउन्टीको गोलाबारीबारे सचेत भएको बताएका छन् । उनले पनि प्रहरीले दिएको आदेशलाई पालना गर्न अनुरोध गरेका छन् ।
लन्डन शहर केन्टकी लेक्सिंगटनको लगभग ८० माईल दक्षिणमा अवस्थित रहेको छ।
प्रतिक्रिया