भर्जिनिया ,आउने १४ तारिख शनिवार भर्जिनियाको मनासस् स्थित साल्सबेरी सेन्टरमा अब नाच्छ अमेरिकाका कार्यक्रम हुने भएको छ । फ्लाई नेपाको अमेरिका टुर कार्यक्रम भर्जिनियामा भब्य हुने आकलन गरिएको छ ।
हजार दर्शक आउने अडकल गरिएको यो कार्यक्रमले लामो समयदेखि पिडा र तनाबमा रहेको भर्जिनियालाई अलिकति भएपनि खुसी दिने छ भन्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा शान्तीश्री परियार , रचना रिमाल , ज्योती मगर र करिश्मा ढकाल एउटै स्टेजमा भेटन पाईने यो सुबर्ण अबसर पनि हो । अरेडी काडैले , गलबन्धी च्यातियो तिम्ले तानेर , लौन नि भैया जस्ता दर्जनौ सुपर हिट गीत गाएकी शान्तीश्री ,तथा रचना रिमालको सांगितिक प्रस्तुति भब्य बनाउने तयारिमा आयोजक जुटेका छन् ।
कार्यक्रममा खाना ,पेय पदार्थ देखि नेपाली पोशाकहरुको स्टल पनि रहने छ । किंग्स मोरगेजको प्रस्तुति रहेको यो कार्यक्रमका लागि ५ बजे ढोका खुल्ने छ भने कार्यक्रममा ठ्याक्कै ७ बजे सुरु हुनेछ ।
कार्यक्रममा धेरैको सहभागिता होस् भनेर पहिले राखिएको टिकटको मुल्यबाट घटाएर अनलाईनमा $ २० राखिएको छ । ढोकामा भने टिकटको मुल्य $ २५ हुनेछ ।
अनलाईनमा टिकटकालागि तलको लिंकमा क्लिक गर्नुहोला ।
ठेगाना – THE SALISBURY CENTER
8890 Mathis Ave Manassas , Va 20110
प्रतिक्रिया