अमेरिकाको जर्जियाको बिद्यालयमा गोली हानी ४ जनाको हत्या गर्ने किशोरका बुबा पक्राउ

इनेप्लिज २०८१ भदौ २१ गते ११:३२ मा प्रकाशित

अमेरिकाको जर्जियाको बिद्यालयमा गोली हानी ४ जनाको हत्या गर्ने किशोरका बुबा पक्राउ परेका छन् ।

अपलाची माध्यमिक बिद्यालयमा गोली हानाहान गर्ने किशोर संदिग्ध कोल्ट ग्रेका बुबालाई पक्राउ गरिएको जर्जिया अनुसन्धान बिभागले बिहीबार घोषणा गरेको छ ।

५४ वर्षीय कोलिन ग्रेलाई चारवटा अनैच्छिक हत्या, दुई वटा दोस्रो दर्जाको हत्या र बालबालिकामाथिको क्रूरताको आठ वटा मुद्दा लगाइएको छ। १४ वर्षीय उनका सुपुत्र संदिग्धलाई जघन्य हत्याको चारवटा मुद्दामा अभियोग लगाइएको छ।

जीबीआईका निर्देशक क्रिस होसीले बिहीबार राति एक पत्रकार सम्मेलनमा कोलिन ग्रे विरुद्धको आरोप “जानीजानी आफ्नो छोरालाई हतियार राख्न अनुमति दिएको” को कारणले उनलाई अभियोग लगाईएको बताए।

उनलाई हिरासतमा राखिएको छ । जर्जिया राज्यमा नाबालिगहरूलाई बन्दुक राख्न अनुमति छैन। राज्य र संघीय कानूनले किशोर संदिग्धलाई बन्दुक र राइफल वा बन्दुक किन्नबाट पनि निषेध गरेको छ ।

प्रतिक्रिया