अमेरिकी उपराष्ट्रपती कमला ह्यारिसले अगस्तमा लगभग ३० लाख दाताहरूबाट ३६१ मिलियन उठाइन ,ट्रम्प भन्दा दोब्बर संकलनको दाबी

इनेप्लिज २०८१ भदौ २१ गते १०:३५ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अगस्त महिनामा लगभग ३० लाख दाताहरूबाट ३६१ मिलियन उठाउन सफल भएकी छिन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्त महिनामा दाताहरूबाट संकलन गरेको भन्दा दोब्बर भन्दा बढी चन्दा सङ्कलन ह्यारिसले गरेकी अभियानले जनाएको छ ।

अभियानले शुक्रबार घोषणा गर्दै उम्मेद्वारको रूपमा आफ्नो पहिलो पूर्ण महिनामा झन्डै ३ मिलियन दाताहरूबाट ३६१ मिलियन अर्थात् ३६ करोड डलर उठाएको बताएको छ।

ट्रम्पको टोलीले गत बुधबार सोही अवधिमा १३० मिलियन डलर संकलन गरेको घोषणा गरेको थियो ।

छोटो समयमै उपराष्ट्रपति ह्यारिसको उम्मेदवारीले इतिहास निर्माण गर्ने, फराकिलो र विविध गठबन्धनलाई प्रवर्द्धन गरेको छ । साथै उत्साह, ऊर्जा र लगनशीलताको कारण चुनाव जित्ने ह्यारिस चुनावी अभियानका प्रबन्धक जुली चाभेज रोड्रिग्वेजले एक विज्ञप्तिमा भनिन ।

प्रतिक्रिया