अमेरिकाको डिसी महानगर क्षेत्रमा बिगत बर्ष झैँ यस बर्ष पनि कलिउड नाइटमा २०२४ को तयारी द्रुत रुपमा अगाडी बढि रहेको केसी डान्स सेन्टरका संस्थापक नविन केसीले ईनेप्लिजलाई बताए ।
यस बर्ष पनि बिगत बर्ष झैँ अमेरिकामा जन्मेका दोश्रो पुस्ताहरुको बेजोड प्रस्तुति हुनेछ । कलिवुड नाइटमा पहिको पटक दोहोरी प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएको छ । कलिवुड नाइट आगामी सेप्टेम्बर २८ शनिबारका दिन भर्जिनिया राज्यको मनाससको हिल्टन पर्फर्मिंग आर्ट्स सेन्टरमा हुनेछ । बिगत बर्षमा पनि सोही स्थान मै हुदै आएको थियो भने यस बर्ष पनि यही स्थललाई रोजिएको छ ।
यस पटक उक्त कार्यक्रममा टिकट दर केवल ३० डलर(साधारण) प्रिमियरको लागि ५० डलर र भिआईपीबिशेष स्थल)को लागि १०० डलर राखिएको छ । गत बर्ष झैँ यस बर्ष पनि ठिक ५:३० बजे कार्यक्रम सुरु हुनेछ ।
गत बर्ष सम्पन्न कलिवुड नाइट २०२३ कार्यक्रमले ऐतिहासिक सफलता हासिल गर्नुको साथै प्रशंसानै प्रशंसा पाएको थिए । यति सम्म कि दर्शकले खोट लगाउने कुनै स्थान नभएको भन्दै हरेक बर्ष कार्यक्रममा सहभागिता जनाउने प्रतिक्रिया तत्कालै दिएका थिए ।
गत बर्ष दर्शकहरु अत्यन्तै हर्षित ,खुसी र गदगद भएका थिए । धेरै दर्शकहरुले सर्वाधिक उत्कृष्टको भएको ईनेप्लिजलाई बताएका थिए ।
यस बर्ष पनि खचाखच भिड हुने अपेक्षा गरिएको छ भने अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति बेजोड रहने छ । उनीहरुले केही महिना अगाडी देखि पूर्वअभ्यास गरि रहेका छन् ।
केसी डान्स सेन्टरको प्रस्तुति हुने कार्यक्रम १ मिनेट पनि ढिलो नगरी समय मै समाप्त हुने हुनाले सबैलाई समय भन्दा अगाडी नै पुग्न पुन केसीले सबैलाई आग्रह गरेका छन् ।
गत बर्ष ७ दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका तथा सानैमा अमेरिका आएका बालबालिकाहरूले करिब ६ महिना अगाडी देखि अहोरात्र पूर्व अभ्यास गरेर आत्म विश्वास साथ गरेको प्रस्तुति दिएका थिए। यस बर्ष पनि प्रस्तुतिमा कुनै सम्झौता नहुने द्वय लुना श्रेष्ठ तथा नविन केसीले बताए ।
भाषण, सम्मान तथा खादा नओढाउने कार्यक्रम रहदै आएकोमा पनि बर्ष पनि सोही अनुरुप कार्यक्रम प्रारम्भ हुनेछन् । हरेक बर्ष झैँ यस पटक पनि कार्यक्रमको अन्त्यमा दसैँ तिहारमा देउसी भैलोको प्रस्तुति हुने अपेक्षा गरिएको छ ।
यस बर्ष पनि तपाईहरुको उपस्थिति हाम्रो हौशला भन्ने नारालाई उच्च प्राथमिकता दिइएको छ । केसी डान्स सेन्टरले यस क्षेत्रमा बसोबास गर्ने सबैलाई कार्यक्रममा उपस्थितिको लागि बिशेष बिशेष अनुरोधको साथै यसै मार्फत महिलाहरुको महान चाड हरितालिका तीजको शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया