ममता काफ्लेको सुनुवाई द्रूत रुपमा हुने ,बृहत निर्णायक मण्डल(ग्रान्ड जुरी) खारेज ,बिस्तृत जानकारी लिन सच्ची मैनालीद्वारा अदालत अगाडी लिएको प्रत्यक्ष कुराकानी

इनेप्लिज २०८१ भदौ २० गते २२:२५ मा प्रकाशित

भर्जिनियाको मनाससबाट गत अगस्त १ का दिन देखि बेपत्ता भएकी ममता काफ्लेका पति नरेश भट्टलाई शव लुकाएको अभियोग खेपी रहेको अवस्थामा भर्जिनियाका प्रिन्स विलियम काउन्टीका एक न्यायाधीशले भट्टलाई उनका वकिलले बृहत निर्णायक मण्डल(ग्रान्ड जुरी) खारेज गर्न दिएको प्रस्तावलाई स्वीकार गरेका छन् । अर्थात् अब ,बृहत निर्णायक मण्डल(ग्रान्ड जुरी) नरहने भएको छ ।

साथै न्यायाधिशले हत्याकाण्डका आरोपी नरेश भट्ट र ममता काफ्लेले छिटो न्याय पाउन भन्ने हेतुले मुद्धालाई द्रुत सुनुवाइको लागि समेत अनुमति दिएका छन्। न्यायाधिसले दुवै पक्षलाई आगामी सेप्टेम्बर १६ का दिन अदालतमा उपस्थितिको लागि समेत आउन आग्रह गरेका छन् ।

अर्थात् अघिल्लो हप्ता ममता काफ्लेको मामलामा बृहत निर्णायक मण्डल(ग्रान्ड जुरी)ले हेर्ने भन्ने सिफारिस गरेता पनि हाल सम्म ममतालाई मनासस पार्क प्रहरीले फेला नपारेकोले न्यायाधिशले रक्षापक्षका वकिलले राखेको प्रस्तावलाई अनुमति दिएका हुन् ।

हत्याका आरोपी नरेश भट्ट बिहीबार अदालतमा हाजिर भएका थिए ।

ममता काफ्ले एक महिनाभन्दा बढी भइ सक्दा पनि अहिले सम्म उनलाई फेला पार्न सकिएको छैन । २८ वर्षीया पेशाले स्वास्थ्यकर्मी (नर्स)ममता सन् २०२१ मा अमेरिका आएकी थिइन् । गत हप्ता मात्र यो घटना पछि ममताकी आमा र दाजु बच्चाको हेरचाह गर्न अमेरिका आई पुगेका छन् ।

शव लुकाउने एउटै आरोपमा उनका श्रीमान् नरेश भट्टलाई गत महिना पक्राउ परेका थिए। तर आपराधिक उजुरीमा प्रहरीले ममता काफ्ले भट्टको हत्या गरेको आरोप लगाएको छ ।

आज सेप्टेम्वर ४ बिहीबारका दिन भर्जिनिया राज्यको प्रिन्स विलियम सर्किट कोर्ट( अदालत)मा बिहान १० बजे देखि ममताको समर्थनमा ठूलो संख्यामा अन्य समुदाय संगै नेपाली समूदाय सदस्यहरु अदालतमा पुगेका थिए। आज उक्त अदालतको तेस्रो तलाको कोठा सख्या ४ मा सबैजना भेला भएका थिए ।

नरेश भट्टका वकिल अर्थात् बचाव पक्षका वकिलले गत मंगलबार जुरी( निर्णायक) मण्डल खारेज गर्न आग्रह गर्दै एक प्रस्ताव दायर गरेका थिए ।

बिगतका सुनुवाईको तुलनामा अदालतमा आज भएको सुनुवाई अहिले सम्म कै सवैभन्दा ज्यादा समय लागेको थियो ।

बिस्तृत जानकारी लिन सच्ची मैनालीद्वारा अदालत अगाडी लिएको प्रत्यक्ष कुराकानी :

प्रतिक्रिया