न्यूयोर्कको लङ आइल्याण्ड स्थित एक आवासगृह भवन बाहिर यानपेटिका (सुटकेस)मा शव फेला

इनेप्लिज २०८१ भदौ २० गते ११:०६ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क राज्यको लङ आइल्याण्ड स्थित एक आवासगृह भवन बाहिर यानपेटिका (सुटकेस)मा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडितको पहिचान र मृत्युको कारण भने खुल्न सकेको छैन ।

लङ आइल्याण्डमा मंगलबार एउटा यानपेटिका (सुटकेस)भित्र मानव अवशेष भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी अधिकारीहरूलाई गत मंगलबार बिहान ९११ मा खबर गरिएको पछि प्रहरीहरु त्यहा पुगेका थिए । न्यु योर्कको हन्टिंगटन स्टेशनको आवासगृह (अपार्टमेन्ट) भवन नजिकको जंगलमा “शङ्कास्पद गतिविधि” को लागि सूचना दिइएको सफोक काउन्टी पुलिस विभागले बताएको छ ।

प्रहरीले भवनको छेउमा यात्रीपेटिकमा एक व्यक्ति मृत अवस्थामा फेला पारिएको प्रहरीले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। सफोक काउन्टीको चिकित्सा परीक्षकको कार्यालयले शवपरीक्षण गर्ने प्रहरीले बताए ।

प्रहरीले घटनाको बारेमा जानकारी भएमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यहा बस्ने एक महिलाले गत आइतवार बिहान करिब ३ बजे एक महिला चिच्याएको आवाज सुनेकी थिइन्।

प्रतिक्रिया