अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वयस्क चलचित्रकी कलाकारलाई चुप लगाउन दिएको मुद्धामा सजायमा रोक लगाउन संघिय पुनरावेदन अदालतमा आग्रह गरेका छन् ।
उनि र उनको टोलीले संघीय अदालतले उनको आग्रहलाई अस्विकार गरे पछि पुन :पुनरावेदन अदालतमा निवेदन दिएका हुन् । संघीय अदालतका न्यायाधिशले मंगलबार अस्विकार गरेका थिए भने त्यसको लगत्तै बुधबार यो निवेदन परेको हो ।
“अमेरिकी जनताले अपूरणीय क्षति भोग्नेछन्,” उनका पक्षका वकिलले तर्क गरेका छन् ।
ट्रम्पलाई आगामी सेप्टेम्बर १८ मा सजाय तोकिने छ । यो भन्दा अगाडी उनलाई न्यूयोर्कको मुद्धामा तोकिएको सजायलाई ढिलाइ गर्ने निर्णयको लागि संघीय अपील अदालतलाई अनुरोध गरेका हुन् ।
जिल्ला न्यायाधिश एल्भिन हेलरस्टेनले आफ्नो आपराधिक मुद्दा संघीय अदालतमा लैजाने ट्रम्पको प्रयासलाई अस्वीकार गरेपछि सजायलाई ढिलाइ गर्ने लामो प्रयास भएको हो।
गत बुधवार ढिलो गरि बुझाइएको २८ पृष्ठको मुद्धा दायरमा ट्रम्पका वकिलहरूले दोस्रो सर्किट(अदालत)को लागि संयुक्त राज्यको अपीलको अदालतलाई न्यायाधीश हेलरस्टेनको आदेशलाई रोक्न आग्रह गरेको छ ।
एबिसीन्यूजका अनुसार यो कदमले ट्रम्पको आपराधिक मुद्दा, उनको सजाय सहित अगाडि बढ्नबाट ढिलाइ गर्नेछ ।
“राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई अपूरणीय क्षति हुनेछ,” रक्षा वकिल एमिल बोभ र टोड ब्लान्चेले अनुरोधमा यस्तो लेखेका छन् ।
“राष्ट्रपति चुनावको अन्तिम हप्ताहरूमा गैरकानूनी रूपमा राष्ट्रपति ट्रम्पलाई थुनामा राख्दा, प्रारम्भिक मतदान जारी हुन्छ , राष्ट्रपति ट्रम्प र न्यूयोर्क काउन्टीभन्दा टाढा रहेका मतदाताहरूको पहिलो संशोधन अधिकारलाई अपूरणीय रूपमा हानि पुर्याउनेछ,” बचाव पक्षका वकिलहरूले यस्तो तर्क दिएका छन् ।
प्रतिक्रिया