ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लिको निभिया तिज मेला सम्पन्न

इनेप्लिज २०८१ भदौ २० गते ७:४१ मा प्रकाशित

मिति २०८१ भाद्र १५ ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि.द्वारा निभिया तिज मेला—२०२४ भव्य र सभ्य तरिकाले सम्पन्न भयो ।


ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि.ले नेपालमा मनाईने विभिन्न चाडपर्व र सांष्कृतिक कार्यक्रमहरुको जर्गेना गर्दै आएको कुरा ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि.की अध्यक्ष सावित्री ढुङ्गानाले बताउनु भयो । नेपाली संष्कृतिलाई बढ्दो प्रविधिको प्रयोग र पश्चिमा संष्कृतिले ढपक्कै ढाकेको अवस्थामा यस कम्पनीले नेपाली परम्परा र संष्कृतिलाई संरक्षण गर्दै आएको छ । मौलिक संष्कृति र रितिरिवाज नेपालका सम्पति हुन । त्यस्ता सम्पतिको जर्गेना गर्नु यस कम्पनीको मूख्य उद्देश्य रहेको कुरा सावित्री ढुङ्गानाले जानकारी दिनुभयो ।


ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि.ले आयोजना गरेको तीज मेला–२०२४ लाई निभियाले मूख्य प्रायोजन गरेको थियो भने महिला उद्यमी संघले सहभागिता जनाएको थियो । कार्यक्रम बेरी बैक्वेट एण्ड ईभेन्ट सातदोबाटोमा भएको थियो । कार्यक्रममा मोगु मोगु जुस, क्याष्ट्रोल लुब्रिकेन्टस, गडेस जोन, किवानिज क्लब अफ मेरिगोल्ड, किवानिज क्लब अफ धौलागिरि, लायन्स क्लब अफ काठमाण्डौ पाटन सनराईजले सहयोग गरेको थियो भने मिडिया पार्टनरमा ई नेप्लिज डट कम र वल्र्ड वाईड प्रोडक्सन मिडिया तथा टेलिभिजन पार्टनरमा प्राईम टेलिभिजन रहेको थियो । त्यसैगरी ट्राभल पार्टनरमा कान्तिपूर होलीडेज रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादव हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रतिनिधि सभाका निर्वतमान सदस्य तथा नेकपा एमालेका बागमती प्रदेश सचिव नवराज सिलवाल, निभियाका कन्ट्री सेल्स डेभलपमेन्ट म्यानेजर विकास कुमार शर्मा, प्राध्यापक डा. शान्तिकृष्ण अधिकारी, किवानिज ईन्टरनेशनल बोर्डका ट्रष्टी मोहन लम्साल, पुनम ब्युटी एकाडेमी की पुनम श्रेष्ठ, हुनुहुन्थ्यो ।त्यसैगरी मञ्चमा महिला उद्यमी संघको अध्यक्ष आरती नेपाल तथा उनीजन्य वस्तु विकास संघको अध्यक्ष तथा कार्यक्रम संयोजक रेखा अर्याल हुनुहुन्थ्यो ।

त्यसैगरी विभिन्न संघ संस्थाहरुबाट अतिथि हुनुहुन्थ्यो ।

चर्चित कार्यक्रम संचालिका शितल शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो भने शुभकामना मन्तव्य उनीजन्य वस्तु विकास संघको अध्यक्ष तथा कार्यक्रम संयोजक रेखा अर्याल ले दिनुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादव प्रतिनिधि सभाका निर्वतमान सदस्य नवराज सिलवाल, निभियाका कन्ट्री सेल्स डेभलपमेन्ट म्यानेजर विकास कुमार शर्मा, प्राध्यापक डा. शान्तिकृष्ण अधिकारी, किवानिज ईन्टरनेशनल बोर्डका ट्रष्टी मोहन लम्साल ले शुभकामना मन्तव्य दिनुभएको थियो ।

धन्यवाद मन्तव्य ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा. लि कि अध्यक्ष सावित्री ढुङ्गानाले दिनुभएको थियो । कार्यक्रममा विभिन्न रमाईला कार्यक्रमहरु गरिएको थियो ।


कार्यक्रममा लगभग पाँचसयको हाराहारीमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया