गाजाका १,८७,००० बालबालिकालाई पोलियो खोप दिईयो : बिश्व स्वास्थ्य संगठन

इनेप्लिज २०८१ भदौ १९ गते १०:२८ मा प्रकाशित

गाजाका १,८७,००० बालबालिकालाई पोलियो खोप दिइएको बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

बिश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार “मध्य गाजामा पोलियो खोपको पहिलो चरण पूरा भएको बताए । १० वर्ष मुनिका १,८७,००० भन्दा बढी बालबालिकालाई खोप लगाइएको उनले सामाजिक संजाल एक्स मार्फत सार्वजनिक गरेका हुन् ।

त्यो १५६,५०० को लक्ष्य संख्या भन्दा धेरै हो, गेब्रेयससले भने ।

चार निश्चित स्थलहरूले मध्य गाजामा अर्को तीन दिनसम्म पोलियो खोप दिन जारी राखिने छ । दक्षिणी गाजामा खोप अभियान विस्तार गर्ने तयारी भइरहेको उनले बताए । त्यहाँ बिहीबारबाट खोप सुरु हुने अपेक्षा गरिएको छ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र संयुक्त राष्ट्र एजेन्सीहरूले ६,४० ,००० बालबालिकालाई खोप लगाउने अपेक्षा गरेका छन्।

इजरायलले पोलियो खोप अभियानलाई सहयोग पुर्‍याउन गाजामा भएको लडाईमा आंशिक बिश्राम गर्न सहमत भएको छ। यो अभियान सेप्टेम्बर ९ सम्म जारी रहने छ ।

गेब्रेयससले अगाडी भने “हामी मानवीय बिश्रामहरूलाई सम्मान गरिरहन अनुरोध गर्दछौं।” “हामी युद्धविरामको लागि आह्वान गर्न जारी राख्छौं।”

प्रतिक्रिया