युक्रेनको सैन्य शैक्षिक संस्थामा रुसी आक्रमणमा ४१ जनाको मृ्त्यु,१८० भन्दा बढी घाइते 

इनेप्लिज २०८१ भदौ १८ गते १८:३८ मा प्रकाशित

युक्रेनको सैन्य शैक्षिक संस्थामा रुसी आक्रमणमा ४१ जनाको ज्यान गएको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।

 मध्य युक्रेनको सैन्य शैक्षिक केन्द्रमा गरेको रुसी आक्रमणमा ४९ जनाको मृत्यु भएको र कम्तीमा २१९ जना घाइते भएको युक्रेनी क्षेत्रीय सैन्य अधिकारीले बताए । 

फेब्रुअरी २०२२ मा मस्कोको पूर्ण-आक्रमण सुरु भएदेखिको सबैभन्दा घातक एकल आक्रमणहरू मध्ये एक भएको  बताईएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार बिहान पोल्टाभा शहर र नजिकैको अस्पतालमा दुईवटा प्राक्षेपिक क्षेप्यास्त्र)ब्यालेस्टिक मिसाइल) प्रहार गरेको बताए। 

यो आतंकलाई रोक्न सक्ने शक्ति भएका संसारका सबैलाई हामी बारम्बार भन्छौं, युक्रेनमा वायु रक्षा प्रणाली र क्षेप्यास्त्रहरु आवश्यक छ , “जेलेन्स्कीले एक विज्ञप्तिमा भने। 

पोल्टावा क्षेत्रका सैन्य प्रशासनका प्रमुख फिलिप प्रोनिनले टेलिग्राममा पछिल्लो मृत्यु हुनेहरुको सङ्ख्याको घोषणा गरे । उनले उद्धारकर्मीहरूले घटनास्थलमा भग्नावशेषहरू हटाउन र खोजी गर्न जारी राखेको बताए ।

प्रोनिनले अधिकारीहरूले थप १८ जना भग्नावशेषमुनि रहेको हुनसक्ने जनाए ।

सैन्य शैक्षिक संस्थामा कम्तिमा १० वटा आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् भने रूसले पोल्टाभाको सैन्य विद्यालयमा आक्रमण गरेको छ।

प्रतिक्रिया