केन्टकीमा मोती जयन्ती हुँदै 

इनेप्लिज २०८१ भदौ १८ गते १०:०९ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यमा रहेको लुभिल शहरमा त्यहाँ बस्ने नेपाली भाषा साहित्य प्रेमीहरुको सकृयतमा मोती जयन्ती हुने भएको छ|कार्यक्रम यही आउदो आइतवार अर्थात सेप्टेम्बर ८ का दिन दिनको १ बजे हुने भएको छ |

नेपाली गजल लेखनमा पहिलो श्रेय पाएका मोतिराम भट्ट भानुभक्त आचार्य चिनाउने पहिलो ब्यक्ती पनि हुन्| मोतिराम भट्ट्को जन्म १८६६ सेप्टेम्बर ८ कुशे औशीका दिन भएको थियो ।आमा रिपु मर्दिनी देवी भट्ट र पिता दया राम भट्ट्का सन्तानको रुपमा जन्म भएको थियो । उनको शिक्षा दिक्षा वानारसमा भएको थियो ।उनि कवी तथ प्रकाशक थिए | तेसै बखत भानुभक्तको खोजी गरेका थिए |उनै मोतिराम भट्ट्को जन्मजयन्तीको सु अवसर पारेर अनेसास केन्टकी च्यप्टरले कार्यक्रम आयोजना गर्न लागेको हो । सोही अवसरमा अनेसास केन्टकी च्याप्टरको समुद्घाटन पनि हुने जानकारीमा आएको छ |अनेसास केन्टकी च्याप्टरको अध्यक्षमा बद्री दाहाल रहनु भएको छ भने उपाध्यक्षमा रेखा जोशी , सचिव जिवन निरौला कोशाध्यक्ष जमुना खरेल पोख्रेल सदस्यमा किशोर सुबेदी, चन्द्र अधिकारी(काका कान्छो), ददिराम खतिवडा, चम्पा गौतम रहनु भएको छ ।

कार्यक्रममा गजल वाचन्, गजल गायन्, गीत गायन , कविता वाचन्,नृत्य तथा अन्य कार्यक्रमहरु रहने छन ।कार्यक्रममा साहित्य प्रेमी साहित्य अनुरागीहरुको बक्लो उपस्थिती रहने आशा रखिएको छ | बिस्तृत जानकारी तलको फ्लाएरमा रखिएको छ।

प्रतिक्रिया