एकाइसौं शताब्दीको आधुनिक यो जमाना
माहिला हिँसा अत्याचारको सिकार नबन
भन्लान बाबु दाजुले मिली बस छोरी हो
पीडा सहि बाहिर हास्ने कसो गरी हो ?
आमाले नि भन्दि होलिन जे नि पर्छ छोरीलाई
तिनैसंग सुम्पिएको जुनीभरिलाई
साथीसंगीभन्दा होलान हाम्लाई पनि तेस्तै हो
जस्तो भा नि सहनु पर्ने चलन कस्तो हो ?
पुरुषले नि माहिला लाई गर्नुपर्छ सम्मान
सम्मान गरे आफै पाउछन तिन्ले नि मान
किन होला नबुझेको माहिला घरकी देवी हुन्
आफ्नै आमा बहिनी र दिदीजस्तै हुन्
सुख दुखमा साथ दिने मेरै जीवन संगिनी
यिनको साथ नपाएको जुनी के जुनी
भन्नोस् नारी पुरुषभन्दा के कुरामा पछाडि
जागिर बच्चा समाल्नलाई तिनै अगाडि
पुरुषको बल देखाई माहिला पिटन पाइदैन
त्यस्ता माहिला पिट्ने श्रीमान् हाम्लाई चाहिदैन
अवलालाई हात उठाउदा तिम्रा हात काम्दैन
मनै बाट पाप गरें भन्ने आम्दैन ?
त नि चुप म नि चुप हिंसा सहि नबसौ
महिला हिँसा हटाउनलाई कम्मर कसौं
भोलि भोलि भन्दा भन्दै ज्यानै जाने खतरा
खतरामा नबसेर बाहिर उतर
पुलिस लाई भन्ने हो कि अदालत धाउने हो
कठघरामा उभ्याएर ठेगान लाउने हो
माहिला हिंसा विरुद्दमा आवाज उठाऔं सबैले
तेरो मेरो नभनेरै जुटौं अहिल्यै
माहिला पुरुष बराबरी बुझ्नेलाई नमस्कार
माहिला हिँसा गरने लाइ गरौँ बहिष्कार
विष्णु पगेनी सिग्देल , एटलान्टा अमेरिका।
प्रतिक्रिया