आमा तिमी बाँची राख
तरकारी मीठो हुने आलु , बोडी, तामाको
झल, झली याद आउँछ नेपाल आमाको
तराईको फाँट भरी खेतमा धान झुलेको
गैंडा, हात्ती , मयुरहरु वनमा , डुलेको
पहाडमा झरना छ भञ्ज्याङ अनि चौतारी
डाँडा, काँडा खेल्दै होलान् मेरा दौंतरी
हिमालको सेतो हिउँ चिसो हावा हरर
जान पाए अहिले भरखर उँढ्थे हरर
आफ्नो यता घण्टे जागिर परेको छु मारमा
गुडे पनि सन्तोष छैन चिल्लो कारमा
पैसा कैल्यै बाँच्न हैन बिल तिर्दा ठिक्क छ
सोचे जस्तो नहुँदा मलाई दिक्क छ
छोराछोरी साना छन् फर्किएर जानलाई
यताको न उताको पो भैयो बरीलै
विदेशमै वैंश फुल्यो सेतै भयो कपाल
आमा तिमी बाँची राख जय नेपाल ।
प्रतिक्रिया