गीतः आयो तिहार

इनेप्लिज २०८० कार्तिक २६ गते २:५८ मा प्रकाशित

सुनिता बस्नेत थापा ,गोरखा, हाल: अमेरिका

देउसी खेल्न आएको हामी हजुर कै दैलोमा
ठिक पारि राख्नुस् दक्षिणा हजुर सुर्कने थैलोमा
घरदेश देखि परदेश आयौं अवसर खोजेर
विदेशमा पनि नेपाली चलन ल्याको छौं बोकेर

यो घरकि आमा बाल्दछिन् दियो आजको सांझमा
बोकेर याद नेपाली तिहार मुटुको माझमा
वेग्लै छ भाषा, बेग्लै छ भेष, बेग्लै छ संस्कार
विदेशमा पनि नेपाली चलन ल्याको छौं बोकेर

मर्काउने कम्मर भट्याउने देउसी मादलको तालमा
नेपालै आइ नाचौंला सबै आउने सालमा
मखमली माला, सयपत्री फूल, सेलरोटी अचार
विदेशमा पनि नेपाली चलन ल्याको छौं बोकेर

प्रतिक्रिया