नर्थ क्यारोलाइनाको राजमार्गमा अचानक सानो विमान अवतरण , गाडीले ठक्कर दिंदा विमानमा सवार घाइते

इनेप्लिज २०८१ भदौ १४ गते ११:३९ मा प्रकाशित

नर्थ क्यारोलाइमा विमानस्थल नजिकैको राजमार्गमा आपतकालीन अवतरण हुँदा एउटा सानो विमानलाई एउटा गाडीले ठक्कर दिँदा विमानमा सवार एकजना घाइते भएका छन्।

एकल यन्त्र (इन्जिन )भएको विमानले यान्त्रिक (मेकानिकल) विफलता भए पछि राती ८ बजे राजमार्गमा अवतरण गरेको थियो ।

विमान पश्चिमतर्फको अन्तरराज्यीय ८४० राजमार्गमा उक्त दुर्घटना हुँदा रोकिए पछि एक यात्रु गाडीले ठक्कर दिएको प्रहरीले बताए । विमानमा सवार दुई जना मध्ये एकलाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको प्रहरीले जनाएको छ । यात्रुवाहक गाडीका चालकलाई भने चोटपटक लागेको छैन ।

ग्रीन्सबोरो प्रहरीले दुर्घटनाको अनुसन्धान गर्नेछ। राष्ट्रिय यातायात सुरक्षा समितिले हवाइजहाजको खराबीको कारण छानबिन गर्नेछ।

प्रतिक्रिया