अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनाससमा स्थापित अत्यन्तै क्रियाशील गैर मुनाफा संस्था अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)ले स्थापना काल देखि मनाउदै आएको तीज कार्यक्रम स्थगित गरेको छ ।
गत अगस्त १ देखि मनासस शहरबाटै बेपत्ता भएकी ममता काफ्लेको सम्मान र सामुदायिक ऐक्यवद्धता जाहेर गर्दै एएनएचएसले यो बर्ष कार्यक्रम रद्ध गरेको हो ।
स्मरण रहोस ,ममता काफ्ले अझै भेटिएकी छैनन् भने उनका पति नरेश भट्टलाई शव लुकाएको अभियोग लगाईएको छ भने भट्ट मनासस क्षेत्रको कारागारमा छन् । भोली अगस्त २९ बिहिबारका दिन भट्ट अदालतमा हाजिर हुने कार्यकम छ ।
एएनएचएसले आयोजना गर्ने तीज बिगत बर्ष देखि नै अत्यधिक सहभागिता र अत्यधिक भीड हुने गरेको तीज कार्यक्रम अमेरिकाको नेपाली समुदायमा सबै भन्दा ठूलो तीज कार्यक्रम अन्तिम समयमा रद्ध गर्नु परेको संस्थाले जनाएको छ ।
स्थापना काल देखिनै समुदायको लागि नै समर्पित संस्थाले यो विषम परिस्थितिमा तीज मनाउने कार्यक्रमलाई पाखा लगाई अर्को बर्ष मनाउने बताएको छ । स्मरण रहोस ,कोभिड कालमा समेत परोक्ष(जुम)को माध्यमबाट तीज मनाएको थियो ।
साथै दुख सुखमा सदैव साथ र सहयोग गर्न एक कदम अगाडी बढ्ने एएनएचएस अमेरिकाकै सक्रिय नेपाली संघ/संस्था मध्ये कै शीर्षमा मध्ये कै एकमा पर्दछ । नेपाललाई परेको बेलामा भूकम्प देखि अन्य थुप्रै क्षेत्रमा अहम भूमिका निर्वाह गर्दै आएको एएनएचएसले तीज कार्यक्रम आगामी अगष्ट ३१, शनिबार २०२४ का दिन राखेको थियो ।
संस्थाले एक बिज्ञप्ति निकाल्दै बोर्ड अफ ट्रष्टिजका अध्यक्ष केदार तिम्सिना तथा अध्यक्ष जानु ओझाले नेपाली समाजमा आइपरेको दुःखद् परिस्थितिमा ऐक्यवद्धता जाहेर गरेको जनाएका छन् ।
बिज्ञप्तिमा भनिएको छ : अहिले नेपाली समाजमा विगत जुलाई अन्तिम सातादेखि नेपाली चेली ममता काफ्ले भट्ट हराईरहेकोले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र निजको श्रीमानलाई पक्राउ गरिसकेको छ । तीज महोत्सव, अमेरिका नेपाल सहयोगी समाजले हाम्रा दिदिबहिनीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले आयोजना गरिएकोले हाम्रो समुदायमा आइपरेको यस किसिमको दुःखद् परिस्थितीमा हामी कसरी नाच्न र रमाइलो गर्न सक्छौं र ? त्यसैले संस्थाले गर्ने तीज महोत्सव–२०२४ स्थगीत गरिएको जानकारी गराउन चाहन्छौं ।
ममता काफ्लेको न्यायको लागि समस्त समुदाय, सामाजिक क्षेत्रमा काम गर्ने नेपाली संघसंस्था, सञ्चार जगत लगायत विभिन्न व्यक्तित्वहरुसँगै हाम्रो संस्था पनि प्रारम्भदेखि नैं सकृयतापूर्वक अभियानमा लागिपरेको छ । आगामी दिनमा पनि सबै संघसंस्थाहरुसँग समन्वय गरि अभियानमा लागि रहने छ ,बिज्ञप्तिमा भनिएको छ ।
ममताको यस दुखद घडीमा यस क्षेत्रमा थुप्रै संघ/संस्थाले कार्यक्रमहरु एक पछि अर्को गर्दै स्थगित गरेका छन्। त्यस्तै ममताको कारणले अमेरिकाका बिभिन्न राज्यहरुमा समेत असर पारेको छ ।
प्रतिक्रिया