रुसद्वारा युक्रेनमा मानवरहित यान तथा क्षेप्यास्त्रद्वारा कम्तिमा १५ क्षेत्रमा भीषण आक्रमण ,कम्तिमा १२७ वटा क्षेप्यास्त्र र १०९ वटा मानव रहित यान( ड्रोन)हरू प्रयोग

इनेप्लिज २०८१ भदौ ११ गते १०:४१ मा प्रकाशित

रुसले युक्रेनमा मानवरहित यान तथा क्षेप्यास्त्रद्वारा कम्तिमा १५ क्षेत्रमा भीषण आक्रमण गरेको कीभले जनाएको छ । युक्रेनका पन्ध्र क्षेत्रहरूमा आक्रमण भएको संसदका एक सदस्यले भने।

रुसले गत सोमबार युक्रेनमा ठूलो मात्रामा घातक हमला गरेको र कम्तीमा १५ क्षेत्रतर्फ ड्रोन ,क्रुज ,ब्यालिस्टिक मिसाइल(मानव रहित यान,पोतबिहार क्षेप्यास्त्र तथा प्राक्षेपिक क्षेप्यास्त्र)हरूद्वारा आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार २०२२ मा युद्ध सुरु भएदेखि यताकै सबैभन्दा ठूलो हवाई आक्रमणहरूमध्ये रुसले कम्तिमा १२७ वटा क्षेप्यास्त्र र १०९ वटा मानव रहित यान( ड्रोन)हरू प्रयोग गरेको थियो जुन ८ घण्टा भन्दा बढी चलेको थियो।

धेरै अघिल्लो रुसी आक्रमणहरू जस्तै, यो पनि उस्तै घृणित छ, महत्वपूर्ण नागरिक पूर्वाधारलाई लक्षित गर्दै रुसले आक्रमण गरेको जेलेन्स्कीले युक्रेनीमा बताए ।

आक्रमणहरुमा महत्वपूर्ण पूर्वाधार, ऊर्जा क्षेत्र र रेलमार्गलाई लक्षित गरिएको थियो ,जेलेन्स्कीले भने।

कीभमा अहिले के भइरहेको छ र अविश्वसनीय र डरलाग्दो छ। हाम्रो लागि प्रार्थना गर्नुहोस्,” युक्रेनी संसदकी सदस्य किरा रुडिकले सामाजिक संजालमा भनिन । युक्रेनमा भएका आक्रमणमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने कम्तीमा ४७ जना घाइते भएका छन्।

४७ जना घाइते भएका मध्ये चार जना बालबालिका रहेको युक्रेनी राज्य आपतकालीन सेवाले जनाएको छ ।

प्रतिक्रिया