मेरील्याण्डको एक बिद्यालयमा बम धम्कीको कारण बिद्यालय तालाबन्दी र आतंकित तुल्याएकोमा १५ बर्षिय किशोरलाई अभियोग

इनेप्लिज २०८१ भदौ ११ गते १:४८ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड राज्यको एक बिद्यालयमा बम धम्कीको कारण बिद्यालय तालाबन्दी र वातावरण आतंकित तुल्याएकोमा १५ बर्षिय किशोरलाई अभियोग लगाईएको छ ।

मोन्टगोमेरी काउन्टीको बेथेस्डा-चेवी चेस हाई स्कूल( माध्यमिक बिद्यालय)का १५ वर्षीय विद्यार्थीलाई बम धम्कीहरूको श्रृंखलाको सम्बन्धमा अभियोग लगाइएको हो । जसको कारण तालाबन्दी र गत मे महिनाको शुरुमा ठूलो मात्रामा प्रहरीहरु र बमलाई निस्क्रिय बनाउने बिशेष प्रहरी टोली त्यहाँ जम्मा भएका थिए ।

मोन्टगोमेरी काउन्टी प्रहरी विभागले एफबीआईको बाल्टिमोरको कार्यालयसँग सहकार्यमा पेन्सिलभेनियाका १२ वर्षीय किशोरलाई धम्कीपूर्ण कुरागर्ने व्यक्तिको रूपमा पहिचान गर्‍यो।

बिद्यालयमा बिहान तालाबन्दीमा परेको थियो भने विद्यालयका अधिकारीहरूले विद्यालयलाई बमको धम्की दिएको जानकारी दिएका थिए ।

प्रहरी अधिकारीहरूले यी दुईलाई मे १७ मा वाल्ट ह्विटम्यान माध्यमिक बिद्यालय र बेथेस्डा प्राथमिक बिद्यालयमा गरिएको थप बम धम्कीसँग पनि जोडे।

धम्की दिने व्यक्तिले विद्यालयमा बम विस्फोट हुन नदिन निश्चित रकम मागेका थिए ।

तालाबन्दीले विद्यार्थी, कर्मचारी र समुदायमा भावनात्मक क्षति पुर्‍याएको थियो । पूर्ण खोजी पछि कुनै बम फेला परेन ।

मेरील्याण्ड राज्यको कानूनले १२ वर्षीया बालक विरुद्ध मुद्दा दायर गर्न निषेध गर्दछ। यद्यपि १५ वर्षीया किशोरलाई सामूहिक हिंसाको धम्की, झुटो बयान दिने र जबरजस्ती असुली लगायतका धेरै आरोप लगाइएको छ।

प्रतिक्रिया