अमेरिकाको न्यु जर्सी राज्यको एक घरमा ४ वर्षीय बालिकालाई धेरै पटक छुरा प्रहार गरिएको प्रहरीले बताएको छ । ४ वर्षीय बालिकाको अवस्था अहिले स्थिर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
एबिसीन्यूजका अनुसार घटनामा कसैलाई पक्राउ गरिएको घोषणा गरिएको छैन। न्यु जर्सी राज्यको प्याटरसनमा छुरा प्रहार भएको र अनुसन्धान जारी राखेको प्रहरी बिभागले बताएको छ ।
प्याटरसन प्रहरीलाई गत शुक्रबार दिउँसो एक घरमा छुरा प्रहार गरिएको खबर गरिएको थियो । बच्चालाई उपचारको लागि सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टर(बिश्वबिद्यालयको चिकित्सा केन्द्र )मा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन्।
संदिग्ध परिवारको सदस्य जस्तो देखिएको एबिसीन्यूजले उल्लेख गरेको छ । संदिग्धलाई भेट्टाउने प्रयास गरिरहेको र घटनाको सम्बन्धमा बच्चाको काकीलाई खोजिरहेको एक नगर परिषद सदस्यले बताए ।
प्रतिक्रिया