पूर्व अमेरिकी राजदूत माइकल ई. मालिनोस्कीको निधन

इनेप्लिज २०८१ भदौ ८ गते १:४४ मा प्रकाशित

नेपालका लागि पूर्व अमेरिकी राजदूत माइकल ई. मालिनोस्कीको निधन भएको छ । उनको निधन अगस्त २१,२०२४ का दिन वाशिंगटन डिसीमा भएको हो । नेपालका प्रसिद्ध फोटोग्राफर(छायाचित्रकार )किरण मान चित्रकारले आफ्नो सामाजिक संजालमा उनको निधन भए पछि समवेदना राखेका छन् ।

माइकल ई. मालिनोस्कीको जन्म १९४८ मा भएको हो । उनले डिसेम्बर ११,२००१ देखि अप्रिल २३ ,२००४ सम्म नेपालका लागि अमेरिकी राजदूत भै काम गरेको थिए (विकिपिड़िया अनुसार)। विदेश सेवामा सामेल हुनु अघि उनि एक सामाजिक कार्यकर्ता र शिक्षकको रूपमा काम गरेका थिए ।

किरण मान चित्रकारले सामाजिक संजालमा राजदूत मालिनोस्कीको निधनले आफू अत्यन्तै दुखी भएको जनाएका छन् । उनि हालसालै अमेरिकाको भ्रमण गर्दा वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा दुर्लभ तस्बिर प्रदर्शनीमा उनैको घरमा बसेको लेखेका छन् ।

साथै चित्रकारले स्व राजदुतको साथ र सल्लाहले प्रदर्शनी भएको उल्लेख गरेका छन् ।

चित्रकार जुलाई ३० मा वाशिंगटनमा प्रदर्शनी पछि राजदूत स्कट डेलिसी, लेजा डेलिसी र गोपी लामाको परिवार र आफूसँग भेटघाट सहित सबै पूर्व राजदूत र साथीहरूसँग भेटेको जनाएका छन् ।

किरण चित्रकारका अनुसार वासिङ्टन डिसी छाड्नुभन्दा एक दिनअघि राजदूत माइक १९ अगस्तमा अस्पताल भर्ना भएका थिए । किरण काठमाडौं पुगे पछि राजदूत माइकको निधन भएको दुखद खबर पाएको आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

दुःखका साथ उनिसँग वाशिंगटन डिसी स्थित उनको घरमा केही अन्तिम तस्बिरहरु सांझा गरेका छन् । किरण चित्रकार नेपाल पुगे पछि सामाजिक संजालमा यस्तो लेखेका छन् ; माइक तपाईले मलाई मद्दत गर्नुभयो । र ,मलाई र मेरो परिवारलाई राम्रो सल्लाह दिनुभयो। हामी तपाईको समर्थन कहिल्यै बिर्सने छैनौं। हामीबीच गजबको मित्रता थियो । हामी तपाईंलाई सम्झने छौ ।

प्रतिक्रिया