ममता  काफ्लेका श्रीमान अदालतमा उपस्थित र हत्याको आरोप, शव घरबाट ओसारेको र किनेको ३ वटा छुरा मध्ये १ छुरा प्रहरीद्वारा फेला 

इनेप्लिज २०८१ भदौ ७ गते १८:३० मा प्रकाशित

ममता काफ्ले भट्टका श्रीमान अदालतमा हाजिरी भएका छन् भने  अभियेजकहरुले पति नरेश भट्टलाई हत्या गरेको आरोप लगाएका छन् । 

उनि अगस्त २३ शुक्रवार बिहान ८ः३० मा प्रिन्स विलियम काउन्टी अदालतमा हाजिर भए्का थिए ।

शव घरबाट ओसारेको प्रमाण फेला परेको उनले वालमार्टबाट ३ वटा छुरा किनेको देखिएको छ भने ३ मध्ये १ छुरा प्रहरीले फेला पारेको छ । 

नरेश भट्टलाई आफ्नी पत्नीको हत्या गरेको आरोप लगाउँदै ममताको  शरीरलाई  घिसारेको आरोप लगाएका छन्।

केही सातादेखि बेपत्ता रहेकी २८ वर्षीया ममताको हत्या गरेको आरोप अभियोजकहरूले लगाएका छन् । तर उनको शव पत्ता नलागेको कारण उनी अहिले शव लुकाएर राखेको अभियोगमा वर्ग ६ को मुद्धा खेपिरहेको फक्स न्यूज५ले जनाएको छ ।

 न्यायाधीशले शुक्रबार नरेशलाई रिहा गर्न अस्वीकार गरे र उनी हिरासतमा रहेका छन्।  उनको प्रारम्भिक सुनुवाइ अक्टोबर २४ मा हुने भएको छ ।

उनि लाउडन काउन्टीको एक कफि पसलमा पनि देखिएको समाचारमा उल्लेख छ । उनले प्रहरीलाई जुलाई २७ मा न्यूयोर्क र टेक्सस गएको समेत झूटो बोलेका थिए।

विदेशी सॅचार माध्यमको अतिरिक्त सबै भन्दा पहिले  नेपाली सॅचार माध्यममा इनेप्लिजलाई दिएको अन्तरवार्तामा जुलाई ३१ मा ममता त्यही भएको वताएका थिए । त्यस्तै अधिकारीहरुका अनुसार ममताको सेलफोन( घुम्ती उपकरण) अन्तिम पटक लाउडन काउन्टीमा पत्ता लागेको थियो ।

ब्लुस्टार नामक एक टेक्नोलोजी( प्रविधी) प्रयोग गरेर अन्वेषकहरूले रगत पत्ता लगाएका छन्।

कागजातहरू अनुसार घरको मुख्य शयन कक्षमा प्रवेश गर्दा उनीहरूले ओछ्यान अगाडि सारिएको फेला पारेका थिए ।

साथै जासुसहरुले गलैचामा हल्का गुलाबी दाग ​​देखेको , र, रगत भएको शंका गरेको फक्स न्यूज५ ले जनाएको छ ।

मुख्य शयनकक्षको सौचालयमा पनि रगत भएको देखेको अदालती कागजातमा जनाईएको छ।

प्रतिक्रिया