गत अगस्त २१ बुधवार दिउसो देखि मनासस पार्क प्रहरीले ममताको खोजलाई तीव्र पार्दै रातभरी खोज गरे पंछि उनका पति नरेश भट्टलाई अगस्त २२ बिहिवार बिहान गिरफ्तार गरेको छ । उनका पतिलाई बिहान ११ बजे अगाडी गिरफ्तार गरिएको हो।
उनलाई हतकडी लगाउदै प्रहरीले लगेको छ भने ममताकी १ बर्षिय छोरीलाई समेत प्रहरीले लगेको छ ।
ममता काफ्ले भट्ट घरमा बिहानै देखि खोज सुरु गरेको र पहेलो फित्ता लगाउदै प्रहरीको खोज जारी राखे पछि अन्त्यमा प्रहरीले पतिलाई पक्राउ गरेको हो । तर अझै पनि ममताको बारेमा कुनै जानकारी प्रहरीले गराएको छैन ।
सबै समूदाय तथा सॅचार माध्यमहरु ममताको घर अगाडी प्रहरीले घेरा लगाएको ठॅाउमा प्रतिक्षा गरेर बसि रहेका छन् ।
तर प्रहरीले ममताका पतिलाई किन गिरफ्तार गरेको बारेमा अझै सूचना दिएको छैन् ।
बिगत २२ दिन देखि बेपत्ता भएकी भर्जिनियाको मनासस शहरको मनासस पार्कमा बस्दै आएकी स्वास्थ्य परिचारिका (नर्स )ममता काफ्ले भट्टको पतिलाई गिरफ्तार गरे पछि समूदायमा खुसिको लहर छाएको छ । सबैजनाले लामो स्वास फेरेका छन् भने पत्रकार सम्मेलन नहुन्जेल अझै कौतुलताका साथ प्रतिक्षा गरि रहेका छन्।
बिभिन्न सॅचार माध्यमहरु बिहानै त्यहा पुगेका छन । गत बुधवार काफ्लेका श्रीमान् नरेश भट्टले अनुसन्धानमा सहयोग नगरेको मनसास पार्क सिटीका प्रहरी प्रमुख मारियो लुगोले पत्रकारहरुलाई बताएका थिए ।
लुगोका अनुसार अन्वेषकहरूले १० भन्दा बढी सर्च वारेन्टहरु (अभियुक्तलाई पक्राउ गर्ने अधिकारपत्र )कार्यान्वयन गरेकोर यस मुद्धासँग सम्बन्धित सयौं अन्तर्वार्ताहरू सञ्चालन गरेको समेत भनेका थिए ।
लुगोको अनुसार जासूसहरूले नेपाली समुदायसँग धेरै भेटघाट गरेको बताएका थिए ।
ममता अन्तिम पटक जुलाई ३१ का दिन सम्म मनासस पार्क स्थित उनको घरमा देखिएकी थिइन्। उनि अगस्त १ तारिख देखि हराई रहेको र आज अगस्त २२ का दिन ठीक २२ दिन पुगेको छ ।
मानसास पार्क प्रहरीले ममता बेपत्ताबारे अनुसन्धान अगस्त २ मा शुरू गरेको थियो ।
प्रतिक्रिया