अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टको घरमा २१ औ दिनमा प्रहरी खोज तलास गरि पछि पत्रकार सम्मेलनको आयोजना सम्पन्न गरेको छ । आज अगस्त २१ बुधबार ९:३० बजे अमेरिकी पूर्वीय समय अनुसार छोटो पत्रकार सम्मेलनको आयोजना गर्यो ।
मनासस पार्क प्रहरीले पत्रकारहरुलाई जानकारी दिदै चासोको व्यक्ति (पर्सन अफ इन्टेरेस्ट )ममता काफ्ले भट्टका पति नरेश भट्ट पहिले पनि भएको र अहिले पनि भएको बताए ।
प्रहरीलाई कत्तिको सहयोग गरि रहेको छ भन्ने सवालमा पति नरेश भट्टले असहयोग गरेको बताए । प्रहरीले छोटो कुराकानी गर्दै केही कुराहरु मात्र भन्दै ४ घण्टा सम्म फरेन्सिक रिपोर्ट (अदालती प्रतिवेदन)आउन अझै ४ घण्टा लाग्ने पत्रकारहरुलाई जानकारी दिइएको छ ।
प्रहरीले त्यो प्रतिवेदन आए पछि बिस्तृतमा जानकारी दिने बताएको छ । केही पत्रकारहरुले रात भरि त्यही बस्ने बताए । पत्रकारलहरुले उनि जीवित छिन् या मृत अवस्था छिन् भन्ने सवालमा त्यसको प्रहरीले अहिले जवाफ नदिने बताए ।
आज अगस्त २१ बुधबारका दिन दिउसो ममताको घर बाहिर ठूलो प्रहरी उपस्थिति रहेको थियो । प्रहरीहरुले व्यापक खोज तलास गरेको थियो । प्रहरीले ममताको आउने बाटो नै बन्द गरि खोज जारी राखेको थियो ।
प्रतिक्रिया