अमेरिकाको मेरिल्याण्ड राज्यमा सन् २०१९ मा स्थापित सुदुरपश्चिम नेपाली समाजले आफ्नो मौलिक गौरा पर्वलाई बिशेष रुपमा मनाउने भएको छ ।
आगामी आइतबार अगस्त २५ का दिन हुने कार्यक्रममा समाजले गौरी पूजा,परम्परागत बाजा, दूबधागो अभिषेक ,कलस यात्रा ,गौर नृत्य ,बिरुडा ,देउडा ,सांस्कृतिक प्रदर्शन लगायत अन्य कार्यक्रमहरु गर्ने भएको छ ।
सुदुरपश्चिमको विशेष चाँड देउडाको पनि आयोजना गर्ने भएको छ । कार्यक्रममा सहभागी हुन् निशुल्क प्रवेश गरिएको छ भने शाकाहारी भोजन समेत खुवाईने आयोजकले ईनेप्लिजलाई बताए ।
बिहत झैँ कार्यक्रमलाई सफलरुपमा सम्पन्न गर्नका लागि समाजले विभिन्न समिति निर्माण गरेको छ । बिगत बर्ष झैँ यस पटक पनि समाजले नेपालको सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट आई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकाहरुको पर्वमा सहभागिता हुनेछ ।
सुदुरपश्चिमको कला, संस्कृती, भेषभुषा र खानपान झल्किने किसिमले गौरा पर्वको आयोजना हुन लागेको हो । कार्यक्रम आइतबार दिउसो १० बजेबाट सुरु भएर साँझ ७ बजे सकिने छ ।
कार्यक्रमको आयोजना टिमोनियम शहरको मिडोवुड क्षेत्रीय उद्यानमा हुनेछ ।
गौरा पर्व के हो ?
गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र शुक्लको षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइन्छ ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडो बिरुडामा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।
गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाईने अन्नको समीश्रलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरुले गौरा पर्व सुरु भएको दोस्रो दिन भोली पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाडेर यो पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया