मनाससमा अमेरिकामा जन्मिएका बालबालिकाको लागि आध्यात्मिक प्रवचन तथा सत्संग कार्यक्रम सम्पन्न ,बिधार्थीहरुद्वारा गुरु डा. चिन्तामणिनाथ योगी प्रति प्रतिबद्धता जाहेर

इनेप्लिज २०८१ भदौ ४ गते १:५७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा सन् २००८ मा स्थापित अत्यन्तै सक्रिय गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को आयोजनामा आध्यात्मिक प्रवचन तथा सत्संग कार्यक्रम सम्पन्न भएको छ ।

एएनएचएसद्वारा संचालित आफ्नै पाठशाला एएनएचएस एकडेमीमा अध्ययनरत र अमेरिकामा नै जन्मिएका बालबालिकाहरुको लागि आध्यात्मिक प्रवचन तथा सत्संग कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । गत अगस्त १८ आइतबारका दिन सम्पन्न कार्यक्रममा अमेरिकामा जन्मिएका दोश्रो पुस्तालाई अमेरिकाको भ्रमणमा रहेका आध्यात्मिक गुरु डा. चिन्तामणिनाथ योगीले सरल र सहज रुपमा प्रवचन दिदै उनीहरुले स्वयम उत्प्रेरणा भै केही वाचा समेत गरे । उपस्थित बिधार्थीहरुले सबैको अगाडी गुरुलाई भरोसा दिलाए ।

उपस्थित बिद्यार्थीहरुले स्वतस्फुर्त रुपमा गुरुले दिएका उपदेशको साथै असल कुराहरुलाई मान्ने र पछ्याउने प्रतिबद्धता गरे । गुरुले बुवाआमा ,हजुरबुवा ,हजुरआमा ,गुरु भनेका देवता जस्तै हुन् । उनीहरुलाई माया गर्नु पर्छ ,सम्मान गर्नु पर्छ र उनीहरुका कुराहरु मान्नु पर्छ । यदी उनीहरु घरमा नभए के हुन्छ ? कसलाई खोज्ने ? आमाबुवा नभेटिएमा के हुन्छ ? जस्ता कुराहरुको उदाहरण दिदै उनीहरुलाई सम्झाउदा बिद्यार्थीहरुले दोहोरो अन्तरक्रिया गरे ।

साथै गुरुले अहिलेको युगमा संचार उपकरण (सेलफोन)सबै संग हुन्छ । गुरु डा योगीले बिद्यार्थीहरुले यसलाई कम प्रयोग गर्नु पर्ने कुरामा जोड दिए । संचार उपकरण (सेलफोन) ज्यादा प्रयोग गरेमा यसका नकारात्मक असर पर्ने र दैनिक रुपमा छोटो समय मात्र प्रयोग गर्न आह्वान गरे । साथै पत्रुखाना अर्थात् जंक फुड हप्तामा एक पटक मात्र खाने कुरामा बिधार्थिहरु सहमत भए । प्रवचनकै क्रममा सुरु देखिनै गुरुले मन्त्र उच्चारण गर्न र उनीहरुलाई समेत गर्न लगाए ।

अभिभावकहरुलाई आफ्ना सन्तानलाई आँखामा हेरेर कुरा गर्ने ,कसरी उनीहरुको ढाडमा सुमसुमाउने ,कसरी उनीहरुको पाखुरामा सुमसुमाउने ,टाउकोमा कसरी छुने आदी इत्यादी कुराहरु बताए । उनीहरुलाई सानै देखि असल आचरण ,ब्यबहार सिकाउने कुरामा जोड दिए। साथै गुरुले नेपाल बिश्वकै सबै भन्दा सुन्दर देश भन्दै अंग्रेजी(NEPAL)को एन ,इ ,पि ,ए एल को बारेमा ब्याख्या समेत गरि दिएका थिए ।

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गुरुलाई पन्चकन्याद्वारा पुष्प गुच्छाद्वारा स्वागत गरिएको थियो । कार्यक्रममा भुपाल पौडेलले गुरुलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन अनु पाण्डले गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षताको साथै स्वागत मन्तब्य र गुरुको छोटो परिचय संस्थाकी अध्यक्ष जानुकी ओझाले गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा धन्यबाद ज्ञापन एएनएचएस -बिओटी ( गुठी अध्यक्ष)केदार प्रसाद तिम्सिनाले गरेका थिए ।

कार्यक्रम पश्च्यात खाजाको व्यवस्था समेत गरिएको थियो भने कार्यक्रम मनाससकै पुस्तकालयमा गरिएको थियो ।

प्रतिक्रिया